Tuesday, April 21

सानोठिमीमा स्कुटर दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

भक्त्तपुरको  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ ।

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *