
नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ ।
यसदिन अमेरिकी डलर १ को खरिद दर १३७.०३ रुपियाँ र बिक्री १३७.६३ रुपियाँ पुगेको छ । अघिल्लो दिन भने खरिद १३६.३४ रुपियाँ र बिक्री १३७.५४ रुपियाँ थियो ।
त्यस्तै हिजो साउदी रियाल १ बराबर खरिद दर ३६.४६ रुपियाँ र बिक्री ३६.६२ रुपियाँ रहेकामा यसदिन बढेर खरिद ३६.४९ रुपियाँ र बिक्री ३६.६५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मंगलबार बहराइन दिनार १ बापत ३६३.५० रुपियाँमा किन्न र ३६५.०९ मा बेच्न पाइन्छ । अघिल्लो कारोबार दिनमा भने खरिद ३६३.२४ रुपियाँ र बिक्री ३६४.८३ रुपियाँ थियो ।

