Tuesday, April 21

टोखामा मोटरसाइकल दुर्घटनामा पैदलयात्री महिलाको मृत्यु

काठमाडौंको टोखा नगरपालिका-८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर बस्दै आएकी ४० वर्षीया सुन्तली लामाको निधन भएको हो।

बुधबार साँझ दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *