Wednesday, December 17

सडक पेटिका कुकुरलाइ माया गर्दै अनु

आफ्नो दैनिकीमा पशुप्राणी लाइ माया गर्दै दिनचर्या बिताउने एक नाम हो अनु पन्त ।

काठमान्डौको धापासीमा बसोबास भएकी अनु कुकुरको लागि अन्नदाता बनेकी छन् । पशु मध्ये पनि कुकुरको सेवामा बढी समय खर्चेकी अनुले बिगत का दिनहरुमा अन्य पशुहरु जस्तै बिरालो चरा आदि लाइ पनि सेवा गरेकी छन् ।चाहे सडक पेटीमा बसेका कुकुर हुन् वा कसैले पालेका कुकुर हुन् ,देख्ने बित्तिकै मन बाट नै माया पलाउछ उनको ।

प्राय घरमा पालेको कुकुरको माया गर्नेहरू त धेरै हुन्छन । तर, उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्याउँछ र उनले त्यो कुकुर प्रति मायाभाब देखाउन पछी पर्दिनन । बाहिर निस्कदा कहिँ कतै उनले सडकमा घाइते अर्थात बिरामी कुकुर देखिन भने उनि त्यो कुकुरलाई समातेर उपचार गर्न तर्फ समेत लाग्छिन ।
त्यसो त उनि हरेक दिन केही घण्टा आफ्नो घर नजिक रहेका कुकुर लाइ समय दिन्छिन । टोल गल्लिका छाडा कुकुर उनका नजिक आउने र सेवा पाउने आस गर्छन किनकि उनि ति कुकुरलाइ मायाले लोभ्याउछिन ।

त्यसो त उनको परिवार नै प्राणी र पशु प्रिय छ भन्दा फरक नपर्ने अवस्था छ उनका एक दाइ छन् , दाइले पनि कुकुर लाइ औधी माया गर्ने,र बिस्कुट साथै बोकेर हिड्ने र बाटो खुवाउदै हिड्ने गर्दछन् ,कहिँ टाढा निक्लनु पर्दा झोला मा दाजु बहिनि नै बिस्कुट बोकेर हिड्ने र बाटो मा देखिएका कुकुर लाइ बाड्ने गर्दछन ।घरमा रहेकी आमा ले पनि छोरा छोरी को सेवाभाब प्रति खुसि हुदै आवश्यक पर्दा सहयोग गरि रहेकी हुन्छिन। कुकुर भनेपछि मान्छेको भन्दा पनि बढी माया लाग्ने उनि बताउछिन ।

तनहु, रतनपुर स्थाई घर भएकी अनुका बाबा विदेशमा छन्।विदेश बाट बाबा को सहयोग बाट आफु चल्नु परे पनि राम्रो सहयोग भै रहेको तथा कुकुरको सेवा गर्न बाबाको पनि ठुलो हात रहेको उनि बताउछिन। खाडी मुलुकमा पुगेका र कडा परिश्रम गरि कमाएको पैसा समेत नेपाल मा छोरिको कुकूर सेवाको लागि पठाउछन।
जनावर मध्ये बिशेस गरि कुकुर मान्छे भन्दा नि लोयल हुने सधै भरि मानब जिबनको साथिको रुपमा रहने प्राणि ठान्छिन र सबै मानिसले कुकुर लाइ राम्रो व्यवहार गरुन र माया गरुन भन्ने चाहन्छिन ।

धापासी एरिया मा रेगुलर रुपमा दैनिक १५ भन्दा माथि जति कुकुर लाइ उनि खानेकुरा खुवाउछिंन र उनि आफ्नो अगाडी कुकुर भोको रहेको देख्न सक्दिनन त्यसैले दैनिक रुपमा खाना खुवाउनु उनको दैनिकी बनेको छ

अनुले सडकमा रहेका कुकुरलाई स्याहार्छिन् । सडकमा घाइते भएका बिरामी कुकुर भेटिएमा त्यसलाई उपचार गरेर मात्र अन्य काममा लाग्ने उनि बताउछिन, सकेसम्म आफैँ उपचार गर्ने र नसके नजिकैको भेटनरीमा पुराएर पनि उपचार गर्ने गरेको पनि उनि बताउछिन । सडकमा आफ्नो आँखाले भन्दा पनि अरु कसैले बिरामी कुकुर छ भन्ने खबर गरे पनि उनी चाँडै नै त्यहाँ पुगिहाल्छिन् ।

उनलाई सडक पेटीका कुकुरहरुको पेट भरेर दिनचर्या सुरु गर्दा आनन्द लाग्ने भएका ले कुकुरहरु पर्खेर बसेका बताउछिन ।उनले आफ्ना गतिविधि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्छिन् । नजिकका मानिसहरु उनको काम देखेर धेरै प्रभावित हुने गरेको उनले बताइन् ।

सडकमा सवारी साधन धेरै हुन्छन्, सडकमा कति कुकुर सवारीमा ठोकिएर मरेका हुन्छन् । कसैले वास्ता गरेका हुँदैनन्, त्यति वेला उनि लाइ दुख लाग्ने  उनि बताउछिन। सडकका कुकुर पनि राम्रो स्याहार पाए सुन्दर हुने र राम्रोसँग पालन पोषण गरेमा राम्रो र आकर्षक देखिने भएकाले सबै ले राम्रो संग पालन पोषण गर्नुपर्यो भनि उनि भन्छिन ।

सडकका कुकुरप्रति अरूले गर्ने व्यवहारले भने उनको मन कुँड्याउँछ । गाडी चलाउनेहरुले बेवास्ता गर्छन्, मर्कामा निर्दोष कुकुर पर्छन् । घरमा कुकुर पालेकैहरूले पनि सडकका कुकुरलाई लखेट्छन्, छि-छि दूर-दूर गर्छन् । उनलाई भने यस्तो देख्दा अति नमिठो लाग्छ । कुकुरको सर–सफाइमा पनि त्यतिकै ध्यान दिन्छन् ।

कतिपय बेला गाडीले किचेर, भिजेर, खाना नपाएका कुकुरका बच्चालाई घरमा ल्याएर खाना दिने, भ्याक्सिन को जोहो गर्दा सुरुमा गाह्रो हुने गरेको र अहिले विभिन्न छिमेकी व्यक्तिहरूको सहयोग पाउँदा सहज भएको समेत उनको भनाइ छ ।

सडकका कुकुरप्रति धेरैले बाहिरको कुकुर हो, पिट्नु पर्छ, लखेट्नु पर्छ भन्ने ठान्छन् । तर यस्तो होइन, यिनीहरू बोल्न पो सक्दैनन्, बुझ्न त सबै बुझ्छन् नि । यिनीहरूले पनि सोच्छन् । माया गरे यिनले पनि माया नै दिन्छन् भन्ने उनको बुझाइ छ यिनीहरूले हामीले दिए न खाने हुन् । थोरै खान दिए यिनले ठूलो गुन मान्छन् उनको बुझाइ छ ।चोटपटक लागेका र खाना नपाएका कुकुरलाई खाना खुवाउने, औषधि गर्ने गरेको उनले बताइन् । आफूले सक्ने जति सेवा गर्ने र समाज को  हेर्ने दृष्टिकोण फरक भए  पनि कुकुरप्रति गर्ने मायामा कमी नआउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *