Wednesday, April 22

नगर प्रमुखकाे सक्रियतामा टोखामा सार्वजनिक जग्गा संरक्षण

नगर प्रमुखकाे सक्रियतामा टोखामा सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य तिब्र रुपमा भइरहेको छ ।आज बिहान  बसुन्धारा इसान अस्पताल क्षेत्रमा रहेको १०.५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य सक्रिय रुपमा भयको हो  ।

लामो समयदेखि विभिन्न व्यक्ति र कवाडी व्यवसायीहरुले सो जग्गा प्रयोग गर्दै आइरहेका थिए । माघ २४ गतेसम्मको समय दिएर घर टहरा तथा कवाडी हटाउन नगरपालिकाले यसभन्दा अगाडी अन्तिमपटक पत्राचार गरेको थियो ।

आज बिहान नगर प्रहरी, नेपाल प्रहरी, स्थानीय जनता र जनप्रतिनिधिहरुको सक्रियतामा जग्गा खाली गराएर चारैतिर तारबार लगाउने कार्य सुरु भएको हाे ।स्थानीयहरुले सार्वजनिक जग्गामा भएको घर-टहरामा डोजर लगाई हटाउन र सार्वजनिक जग्गा संरक्षण गर्न बारम्बार नगरपालिकालाई अनुरोध गर्दै आएका थिए ।

टोखा ५ का वडाअध्यक्ष मदनकुमार गुरुङकाअनुसार कुनैपनि घर-टहरा र अस्थायी संरचना सरकारी जग्गामा राख्न नदिने र आवश्यकता अनुसार डोजर लगाएर भत्काउने बताए ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र विभिन्न वडाका जनप्रतिनिधिहरु फिल्डमै बसेर जग्गा खाली गराउन खटिएका छन् । नगरपालिकाको  याे कार्यबाट स्थानीयबासीमा खुसी छाएको छ।

नगरपालिकाकै पहलमा उता ग्रान्डी टावर वरपरकाे सरकारी जग्गाकाे पनि संरक्षण सुरू भएकाे छ । त्यस्तै ३० वर्ष  अघिदेखि व्यापारीले कब्जा गरी व्पायार गरिरहेकाे नयाँ बसपार्क क्षेत्रकाे विष्णुमति खाेला वरपरकाे टहराहरू हटाइ सार्वजनिक जग्गाकाे संरक्षण कार्य सुरूवात टाेखा नगरपालिकाले यस अघि नै सुरू गरिसकेकाे छ ।

यसैगरी नगरपालिका भित्रका अन्य स्थानमा रहेका र व्यक्तिले नियन्त्रणमा लिएका सरकारी जग्गा नगरपालिकाले संरक्षण गर्ने काम गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *