
टोखा-३ ढलमलटारमा पानीको डीप बोरिङ आयोजना उद्घाटन गरिएको छ। वडा नं ३ स्थित ढलमलटार क्षेत्रमा स्वच्छ खानेपानीको सहज उपलब्धताको लागि धमलटार युवा क्लबको पहलमा टोखा नगरपालिकाको सहकार्यमा यो आयोजना सुरुवात भएको हो ।
आजको उद्घाटन समारोहमा पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नगर प्रमुख प्रकाश अधिकारी, उप प्रमुख मुरारी तामाङ, वडा नं. ३ का वडा अध्यक्ष रमेश डङ्गोल लगायत अन्य स्थानीय हरुको उपस्थिति रहेको थियो।
नगर प्रमुख अधिकारीले यो परियोजनाले स्थानीय बासिन्दाको सुविधाका लागि पानीको व्यवस्थापनलाई प्राथमिकतामा राखेको र सोहि अनुसार कार्य गरेको बताउनु भयो । यसै गरि उपप्रमुख तामाङले नगरपालिका सदैब जनताको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने भएकाले येस्ता कुरामा आफ्नो प्रतिबद्धता रहेको कुरा बताउनु भयो ।

ढलमलटार बासि स्थानियहरुले यस योजनालाई स्वागत गर्दै पानीको नियमित आपूर्तिबाट दैनिक जीवन सहज हुने अपेक्षा व्यक्त गरेका छन् । समारोहमा जनप्रतिनिधि र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।
