Tuesday, April 21

टोखामा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु, एक जना गम्भीर घाइते

२०८१ चैत २ । काठमाडौंको टोखा नगरपालिका–१ फुलबारी चोकमा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट शिवपुरी ५ का रिवाज आचार्य रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार शनिबार दिउँसो १४ः२५ बजे टोखा–१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र बा. प्र. ०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल ठोक्किएको हो । ६३७८ नम्बरको मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकल चालक भोजपुर पवादुम्न गाउँपालिका–२ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि स्थानीयले सडकमा प्रदर्शन गरेका छन् । दुवै सवारी साधन प्रहरी प्रभाग टोखाले नियन्त्रणमा लिएको जनाइएको छ ।

दुर्घटना हुदा को सी सी टि भी फूटेज : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *