Tuesday, April 21

ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो।

नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका एकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेता रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी एवं विधिशा मिश्रले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो ।

प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि निर्वाचन हुन नसकेकाले कानुनी उपचारको बाटो आफूहरूले रोजेको रिट निवेदकको भनाइ छ।

त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल दुई वर्षको हुने र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ बमोजिम निर्वाचन सम्पन्न गराउनुपर्ने कानुनी दायित्व रहेको र सो दायित्व परिपालना गराउनका लागि परमादेशको आदेश माग गर्दै निर्वाचनको माग गरी रिट दायर गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *