
काठमाडौँमा केही दिनदेखि बाक्लो तुवाँलो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरण प्रभावित भएको छ। भिजिबिलिटी घटेकाले आइएफआर (Instrument Flight Rules) प्रविधिको सहारामा उडान र अवतरण भइरहेको छ।
महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, हाल विमानस्थलमा तीन हजार मिटरको भिजिबिलिटी छ। तर, बिहीबार बुद्ध एयर, यति एयरलाइन्स, र श्री एयरलाइन्सका केही माउन्टेन फ्लाइटहरू भैरहवा र जनकपुरतर्फ डाइभर्ट भएका छन्। उडान तथा अवतरण हालसम्म रद्द गरिएको छैन।
