Tuesday, April 21

भीमफेदीमा रहेको नेपाली सेनाको ब्यारेकमा आगलागी

मकवानपुरको भीमफेदीमा रहेको नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरभित्रको सैनिक   भएको छ। आगलागीका कारण सेनाका जवान बस्ने भवनको एक तिहाई भाग जलेर नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालका अनुसार बिहान ७:३० बजे विद्युत् सर्ट भएर सुरु भएको आगलागीले ब्यारेकका करिब १० वटा कोठामा पूर्ण क्षति पुर्‍याएको छ।

राणाकालीन माटो र काठले बनेका घर भएकाले आगो नियन्त्रण गर्न दमकल प्रयोग गर्दा पनि समस्या भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो। उहाँले आगलागीबाट मानवीय क्षति नभएको र ब्यारेकमा रहेका सामानहरू निकालिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *