
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्दै पछिल्ला तीन दशकमा नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल गरेको बताउनुभयो।
स्वास्थ्य प्रणाली बलियो बनाएर सबै नागरिकलाई सुविधा दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले बजेट अभाव, ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारको कमी र जलवायु परिवर्तनका चुनौतीले स्वास्थ्य पहुँचमा कठिनाइ भएको बताउनुभयो।
अन्तरराष्ट्रिय सहायता, विकास सहयोग वृद्धि र निजी क्षेत्रको लगानी आवश्यक रहेकोमा जोड दिँदै मन्त्री पौडेलले यी समस्या समाधानका लागि सहकार्यको अपरिहार्यता औँल्याउनुभयो।
