Tuesday, April 21

उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, अपराह्न र राति पनि हल्का पानी पर्ने सम्भावना छ । यो वर्षाले काठमाडौं उपत्यकालगायत देशका धेरैजसो क्षेत्रमा लागेको तुवाँलो बिस्तारै हट्ने उनको भनाइ छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ ।

महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ र केही ठाउँमा हल्का हिमपात हुन सक्छ । पहाडी भेगमा पनि आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तराईमा भने आंशिकदेखि सामान्य बदली रही एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वा मध्यम वर्षा हुन सक्छ ।

त्यसैगरी, रातिको समयमा बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । तराईमा पनि आंशिकदेखि सामान्य बदली हुने र एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *