Monday, January 19

आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

सरकारले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन आग्रह गरेको छ। नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले यस्तो अनुरोध गरेको हो।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हाल विद्यार्थी भर्ना, एसईईको उत्तरपुस्तिका परीक्षण, र कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण शैक्षिक गतिविधि चलिरहेको अवस्थामा विरोध र प्रदर्शन स्थगन गर्न आग्रह गरेको छ। अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राख्दै सम्पूर्ण शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे संसद् बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। साथै, सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशक्य छिटो पारित गर्ने सरकारको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *