Monday, January 19

उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। विश्वभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायतका क्षेत्रमा ४० वर्षमुनिका ११६ जना छनोट भएका छन्। दक्षिण एसियाबाट ११ जनामध्ये नेपालबाट डंगोल एक्ली छानिएकी हुन् र उनी राजनीति क्षेत्रबाट छनोट भएका १९ मध्ये एक हुन्।

थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीतिबाटै छनोट भएका छन्।

वर्ल्ड इकोनोमिक फोरमले सुन्दर भविष्यका असाधारण व्यक्तिहरूलाई सीमित संख्यामा छनोट गर्छ। डंगोलले यो सम्मानप्रति गर्व व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *