
काठमाडौँ । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। टोखा-२ स्थित मिर्मिरे भवनमा शनिबार बिहान ८:०० बजेदेखि बेलुकी ३ बजे सम्म सञ्चालन भएको शिविरमा ३५० जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए ।
“शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ” भन्ने नारासहित आयोजित यो शिविरलाइ सह-आयोजनामा बाल विकास क्लब, मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि., गणेश इङ्गलिस सेकेन्डरी स्कूल, नेपाल भाषा साहित्य तःमुँज्या र जन ज्योति पुस्तकालय, टोखाले सहकार्य गरेका थिए।
शिविरका लागि नाम दर्ता २०८१ चैत्र ३० गतेसम्म मिर्मिरे बचत तथा ऋण सहकारी संस्थामा गरिएको थियो।

यसअघि २०८१ चैत्र २९ गते शुक्रबार दिउँसो ४:०० बजे मिर्मिरे भवनमा क्यान्सरसम्बन्धी स्वास्थ्य सचेतना तथा सतर्कता कार्यक्रम आयोजना भएको थियो। उक्त कार्यक्रमले क्यान्सरको प्रारम्भिक पहिचान र उपचारको महत्त्वबारे स्थानीय समुदायमा जागरूकता फैलाएको थियो।
आयोजकका अनुसार, यो शिविरले महिलाहरूलाई क्यान्सरप्रति सचेत गराउन र नियमित स्वास्थ्य जाँचको संस्कृति विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। सहभागीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै क्यान्सर रोकथामसम्बन्धी जानकारी समेत पाएका छन् ।
