Monday, April 20

अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

काठमाडौँ, वैशाख ६  । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“ संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *