Tuesday, December 16

टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियो सहित)

नेपालको भजन इतिहासमा पहिलोपटक एक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखराको गण्डकी कोटिहोममा विशेष समारोहबीच सार्वजनिक भएको छ। टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको भावपूर्ण स्वरमा रेकर्ड गरिएको यो भजनले प्रशासन, धर्म र संगीतको अनौठो समन्वय प्रस्तुत गरेको छ।

‘बिष्णु माया पौडेल युट्युब च्यानल’ मार्फत दिउँसो १:१५ बजे सार्वजनिक यो भजन भिडियोले संगीत, अध्यात्म र सामाजिक भावनालाई एकैसाथ जोडेको छ। सार्वजनिक समारोहमा बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजले भजनको विमोचन गर्नु भएको थियो।

भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीले गरेका छन्। गायनमा बिसीसँगै बिष्णु माया पौडेल र कोरसमा आरबी केसी तथा हेमन्त भट्टराईको सहभागिता रहेको छ । ८ मिनेट ५० सेकेन्डको यो भजनको भिडियोमा कमल ढकालको मुख्य अभिनय रहेको छ। कोरियोग्राफी एसके श्रेष्ठ, सम्पादन टेकेन्द्र साहले गरेका छन् ।

भजनले रामभक्तिको आध्यात्मिक कथा प्रस्तुत गरको छ । पोखरा, जनकपुर र काठमाडौंको बत्तिसपुतली श्रीराम मन्दिरमा छायांकन गरिएको थियो । भजनमा अन्तर्राष्ट्रिय श्रीमद्भागवत वाचिका देवी प्रतिभाको कथा वाचन र आशीर्वादका दृश्य पनि भिडियोमा समावेश रहेका छन्।

निर्माताका अनुसार, यो भजन नेपाली भजन इतिहासकै सर्वाधिक लगानीमा बनेको भिडियो हो । भिडियोमा हेलियम क्यामरा प्रविधिको प्रयोगले नेपाली भजनको दृश्यगत गुणस्तर निकै राम्रो देखिएको छ ।

भजनले युवापुस्तालाई अध्यात्मप्रति आकर्षित गर्दै  धार्मिक चेतना फैलाउने कार्य गरेको छ । प्रशासकको स्वरमार्फत भएको भक्ति प्रस्तुतिले सरकार, धर्म र जनभावनाबीचको दूरी कम गर्दै सेवाप्रतिको समर्पणलाई संगीत मार्फत अभिव्यक्त गर्ने प्रयास समेत गरेको छ ।

धार्मिक भजन ‘जय श्रीराम’ भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *