टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियो सहित)
नेपालको भजन इतिहासमा पहिलोपटक एक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखराको गण्डकी कोटिहोममा विशेष समारोहबीच सार्वजनिक भएको छ। टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको भावपूर्ण स्वरमा रेकर्ड गरिएको यो भजनले प्रशासन, धर्म र संगीतको अनौठो समन्वय प्रस्तुत गरेको छ।
‘बिष्णु माया पौडेल युट्युब च्यानल’ मार्फत दिउँसो १:१५ बजे सार्वजनिक यो भजन भिडियोले संगीत, अध्यात्म र सामाजिक भावनालाई एकैसाथ जोडेको छ। सार्वजनिक समारोहमा बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजले भजनको विमोचन गर्नु भएको थियो।
भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीले गरेका छन्। गायनमा बिसीसँगै बिष्णु माया पौडेल र कोरसमा आरबी केसी तथा हेमन्त भट्टराईको सहभागिता रहेको छ । ८ मिनेट ५० सेकेन्डको यो भजनको भिडियोमा कमल ढकालको मुख्य अभिनय रहेको छ। कोरियो...









