Sunday, January 18

स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु

स्विमिङ पुलमा डुबेर मृत्यु एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको स्विमिङ पुलमा डुबेका थिए। साथीहरूसँग पौडी खेल्न गएका निजलाई  डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *