Sunday, April 19

दीपशिखा र शेर्पालीलाई प्रचण्डले बोलाए खुमलटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन् ।

सर्वसहमतिबाट नेतृत्व चयनको विषयमा छलफल गर्न उनीहरूलाई खुमलटार बोलाइएको एक नेताले जानकारी दिए । नेतृत्वको छनोटको विषयमा आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्ने जिम्मा दीपशिखा, शेर्पाली र अध्यक्षका प्रत्यासीलाई जिम्मा दिने निर्णय गरेको थियो ।

इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटार बोलाइएको छ । पार्टीले पनि सहमतिबाट नै निर्णय गर्न जिम्मा दिएकाले नेतृत्वबारे छलफल गर्न बोलाइएको हो  पदाधिकारी बैठकले स्पष्ट निर्णय गर्ने क्षमता भएका, ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउने गरी नाम प्रस्ताव गर्न निर्देशन दिएको थियो । अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी लगायत आकाङ्क्षी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *