Saturday, May 23

चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ः३१ बजे भूकम्प गएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र १००.०३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । एर्युआन काउन्टी, डाली शहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *