Wednesday, December 10

नेपालको नयाँ अन्तरिम सरकारलाइ भारत द्वारा स्वागत

काठमाडौं : नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले नेपालमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास लिएको छ।

विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।”

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *