Wednesday, December 10

बाल बिकाश क्लब टोखाद्वारा १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण शिबिर सम्पन्न

नियमित स्वास्थ्य परिक्षण गरौ ,स्वस्थ तथा निरोगी रहौ भन्ने मूल नाराका साथ् टोखा २ स्थित बाल बिकाश क्लबले १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रम  सम्पन्न गरेको छ । स्थानीयका लागि हरेक हप्ता निशुल्क प्राथमिक स्वास्थ्य परिक्षण गराउदै आएको क्लबले आज पनि बिहान ७ देखि ९ बजे सम्म स्वास्थ्य परिक्षण शिबिर  संचालन गरेको हो ।

टोखा गणेस्थान स्थित क्लब परिसरमा आज आयोजित  शिबिरबाट प्राथमिक स्वास्थ्य परिक्षणमा १४४ जना र पिसाब सम्बन्धि चेक जाचमा ५४ जनाले लाभ लिएका छन ।

प्राथमिक स्वास्थ्य परिक्षण अन्तर्गत आज  सुगर, प्रेसर ,अक्सिजन लेभल जस्ता चेक जाच गरिएको र थप अतिरिक्त सेवा अन्तर्गत पिसाब सम्बन्धि चेक गरिएको क्लबका कोषाध्यक्ष रबिन्द्र डंगोलले बताउनु भयो ।

१०० हप्तामा प्रवेश गरेको अवसरमा  सिबिर कार्यक्रम संचालनका लागि स्वेच्छिक रुपमा आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्याउने सबै सहयोगी तथा दाताहरुलाइ क्लबका  परिवारका तर्फबाट  धन्यवाद समेत ब्यक्त गरिएको छ  । क्लबले  २०८० साल मंसिर देखि हरेक हप्ता   निरन्तर स्वास्थ्य परिक्षण सेवा संचालन गरि रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *