Wednesday, December 17

तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री थापाको धारणा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ ।

महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर ब हादुर देउवा,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब नेतृत्व छाडनु पर्ने धारणा राख्नु भएको हो ।

समाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै महामन्त्री गगन थापाले वर्तमान अवस्था सुधारका लागि तीन शीर्ष नेताले तत्कालै नेतृत्व छाडनु पर्ने बताउनु भयो ।

थापाले जेनजीसँग सम्वाद अघि बढाउनुपर्ने धाराणा राख्दै जेनजी र आफुहरुले चाहेको सुशासन नै हो भन्दै त्यसका लागि सँगै मिलेर संवाद गरेर अघि बढनुपर्ने भन्दै सम्वादका लागि आग्रह समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *