Wednesday, December 10

बिबिध कार्यक्रम सहित टोखा नगरपालिकाको १२ औ स्थापना दिवस सम्पन्न

टोखा नगरपालिका ले १२ औ स्थापना दिवस मनाएको छ ।

नगरपालिकाको सभाहलमा बिबिध कार्यक्रमका साथ् आज  स्थापना दिवस मनाएको हो ।

बिहान १० बजे बाट नै सरसफाई सचेतना  एबं प्रभात फेरी कार्यक्रम संगै  सुरुवात भएको वार्षिकोत्सव कार्यक्रममा रक्तदान ,जेष्ठ नागरिक सम्मान, करदाता सम्मान,बक्तृत्व कला /धिमेबाजा /एस इ इ का  उत्कृष्ट बिधार्थी लगाएत अन्य व्यक्तित्वहरुलाइ बिबिध सम्मान तथा  सांस्कृतिक  कार्यक्रम  समेत भएका थिए ।

रक्तदान कार्यक्रममा नगर भित्रका ३९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो ।

स्थापना दिवसकको अवसरमा नगरपालिकाले नगरपालिकाका स्थायी  बासिन्दाका रुपमा रहेका  गम्भीर तथा दिर्घ रोगीहरु लाइ ३५ हजार,किरिया पुत्री खर्च बापत १० हजार लगाएत अन्य महानुभाबहरुलाइ  बिबिध सहयोग स्वरूप रकम उपलब्ध गराउने कार्य समेत भएका थिए।

फोटो फिचर सहित

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *