
टोखा नगरपालिका-१ स्थित श्री बौडेश्वर माध्यमिक विद्यालयले आज बिबिध कार्यक्रमका साथ् ६५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । नगर प्रमुख श्री प्रकाश अधिकारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न विशिष्ट व्यक्तित्वहरुलाइ सम्मानित गरिएको थियो ।
विद्यालय प्रांगणमा आयोजित कार्यक्रमको सभाध्यक्ष वडा अध्यक्ष तथा बिधालय व्यवस्थापन समिति अध्यक्ष रमेश लामिछानेले गर्नु भएको थियो भने विशिष्ट अतिथिहरुमा नगर उप-प्रमुख मुरारी तामांग,जिल्ला समन्वय समिति सदस्य राजकुमार बिडारी लगाएत रहनु भएको थियो । यसै गरि अतिथिहरुमा पूर्व प्रधानाध्यापकहरु, पुर्व शिक्षकहरु, सामुदायिक बिधालयका प्रधानाध्यापकहरु,सहयोगी एबं चन्दादाताहरु,पूर्व बिद्यार्थीहरु तथा अभिभावकहरु, समाजसेवी तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु रहनु भएका थिए ।

बिबिध सांस्कृतिक कार्यक्रम सहित सुसम्पन भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक उतम प्रसाद अधिकारी, पूर्व सहायक प्रधानाध्यापक हरिकृष्ण अधिकारी ,पूर्व शिक्षक⁄कर्मचारी भैरब सापकोटा, सस्थापक सदस्य जेष्ठ नागरिक भरत प्रसाद घिमिरेलाइ बिदाइ सम्मानका साथ् सम्मानित गरिएको थियो । त्यसै गरि २० बर्ष भन्दा बढी निरन्तर अध्यापन गराउनु भएका शिक्षकहरु धर्मराज अधिकारी,ध्रुब प्रसाद अधिकारी, गोबिन्द प्रसाद दुलाल, रुपक सापकोटा, कमला सापकोटा घिमिरेलाइ दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि प्रकाश अधिकारीले यस बिधालयका बिद्यार्थीको सहजताका लागि आगामी बर्षमा नगरपालिकाले बस सेवा उपलब्ध गराउने बचनबद्धता समेत व्यक्त गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा स्कुलका प्रधानाध्यापक घनश्याम खतिवडाले बिधालयको प्रगति एबं खर्च विवरण समेत सार्वजनिक गर्नु भएको थियो । बिहान ११ बजे बाट नै सुरुवात भएको कार्यक्रममा नाच गान लगाएतका बिबिध सांस्कृतिक क्रियाकलापहरु समेत भएका थिए । कार्यक्रममा बिबिध क्रियाकलापबाट उत्कृस्ट बिद्यार्थीहरु लाइ एक्सलेन्स अवार्ड तथा खेलकुदका अवार्डहरु समेत वितरण गरिएको थियो ।

बि सं २०१७ साल देखि निरन्तर रहेको यस स्कुल ले २०४८ सालमा पहिलो पटक एस एल सी परीक्षामा बिद्यार्थी सामेल गराएको थियो भने २०६३ सालबाट कक्षा ११ को पढाइ समेत सुरुवात गरेको थियो । बौडेश्वर माध्यमिक विद्यालय उत्तर भेगमा एक उत्कृस्ट सामुदायिक बिधालयको रुपमा परिचित रहेको छ ।

