Thursday, February 12

गौतमेस्वर मृत्यु संस्कार समाज को पहिलो साधारणसभा भब्यताका सम्पन्न

टोखा नगरपालिका वडा नं १ मा अवस्थित सामाजिक संस्था “गौतमेस्वर मृत्यु संस्कार समाज” को पहिलो साधारणसभा भब्यताका साथ  टोखा नगरपालिका वडा नं १ को पब्लिक बोर्डिङ स्कुल मा सम्पन्न भएको छ।

प्रमुख अतिथि टोखा नगरपालिका वडा नं१ का वडा अध्यक्ष रमेश कुमार लामिछने ,विशेष अतिथिमा जिल्ला समन्वय समिती सदस्य राजकुमार बिडारी तथा विभिन्न सामाजिक संघ संस्था मा आबद्ध सामाजिक ब्याक्तित्व तथा गन्यमान्य को बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य संस्था का सदस्य संतोष दुलालले राख्नु भयो भने कार्यक्रम संचालन संस्था कै सचिव धुर्ब दुलाल ले गर्नु भएको  थियो।कार्यक्रम मा रक्तदान कार्यक्रम पनि समाबेश गरिएको थियो जुन कार्यक्रम लायन्स क्लब अफ काठमाडौ ले गरेको थियो ,सहज कर्ता श्रमिक सहकारी संस्था रहेको थियो।

धेरै ब्यक्तिहरुले रक्तदान गरेर सहयोग गर्नु भएको थियो।त्यस्तै सम्पूर्ण अतिथिहरुको एउटै भनाई थियो यो संस्था टोखा नगरपालिका कै प्रथम स्थापित संस्था हो जसलाई हामी सबै ले धेरै माथी उठाउनु पर्ने छ हामी सकेको सहयोग गर्ने छौ संस्था अगाडी बढोस सुभकामना छ।वडा अध्यक्ष रमेश कुमार लामिछाने ले वडाले सकेको सहयोग गर्ने मिले सम्म्म बजेट मार्फत पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो भने जिल्ला समन्वय समिती सदस्य राजकुमार बिडारी ले जिल्ला बाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।निवर्तमान वडा अध्यक्ष श्रीकृष्ण अधिकारी ले आफुले सकेको सहयोग गर्ने कहाँ जानू पर्छ संगै हिड्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

कार्यक्रममा डा.रामकृष्ण दुलाल को पनि उपस्तिथि थियो उहाँ यसै संस्थाका सल्लाहकार समेत हुनुहुन्छ।र आफुले जानेको आफुले सकेको हिजो पढाईको शिलशिलामा गाउँ छाड्नु पर्यो अहिले यो संस्था ले औपचारिक रुपमा मलाई समेटेको छ म सकेको सहयोग गर्छु भन्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। कार्यक्रम सब्य र भब्य रुपमा समापन भएको घोषणा गर्दै पुर्व तथा पुन निर्वाचित अध्यक्ष गोबिन्द दुलाल ले पुन थप्  जिम्मेवारी दिनु भएको छ हामी यो जिम्मेवारि लाई ठूलो अवसर को रुपमा लिएर सबैको साथ सल्लाह सुझाव बोकेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *