Tuesday, April 21

कविता : अतित्


भिम राई (माक्पाली कान्छा)

खुशीको बाटोमा
मलाईपनिसँगै हिँडाएको भए
दोबाटोमा पुगेसी
अलमलिनु पर्दैन थियो
सायद हजुर

जिन्दगीको यात्रामा
मलाईपनिसँगै डोराएको भए
त्यो मोडमा पुगेसी
हरेसिनु पर्दैन थियो
सायद हजुर

भविष्यको सपनामा
मलाईपनि एक ठाउँ राखेको भए
आधारातमा पुगेसी
एक्लै रुनु पर्दैन थियो
सायद हजुर

कल्पनामा डुबिरहँदा
मलाईपनि सँगै हेलिएर लगेको भए
छालहरुमा पुगेसी
एक्लै अतालिन पर्दैन थियो
सायद हजुर

त्यहि त भुल भो
हजुरको
एक्लै हिँड्नु भो
साथ छोड्नु भो
विपदमा हाई भन्नै नमिल्ने गरि
अतित् मै
बाटो बिराई जानू भो ।

लेखक भिम राई पेसाले पत्रकार हुनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *