Tuesday, May 26

जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको जेष्ठ नागरिक आवाज लोकार्पण तथा योग र जेष्ठ नागरिक बिचार गोष्ठी मिलन बस्ती योग साधना केन्द्र बज्रयोगिनी योग साधना केन्द्र र पतन्जली योग समिति तारकेश्वरको सह आयोजनामा भव्य रुपमा सम्पन्न भयो । सस्थाका अध्यक्ष डा. बीरेन्द्र थपलियाको अध्यक्षता र आदरणीय  शिक्षाविद तथा  योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ,७ जना जेष्ठ नागरिक बुबा आमाहरु लाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन र जेष्ठ नागरिक आवाजको आठौ कृति लोकार्पण भयो । उक्त कार्यक्रम तारकेश्वर नगर पालिका — वडा नं.४ स्थीत कछुवा पार्टीप्यालेसमा सम्पन्न भएको हो ।

कार्यक्रका अध्यक्ष थपलियाले  कार्यक्रम उदेश्य माथी प्रष्ट पार्दै हामी  सबैजना जीवनको  उत्तरार्धमा जव प्रवेस गर्दछौ तब बुढौली लाग्दै  जान्छ  शरीर  कम्जोर  हुँदै जान्छ त्यति बेला अरुको सहाराको आवस्यकता पर्दछ यति बेला घरपरिवारबाट उचित हेरचाह र खानपानको  राम्रो व्यवस्थाका साथै   नरम बोली व्यवहार हुनु आवश्यक  हुन्छ । जन्मे पछी मान्छेले हरेक उमेरको अवस्थ पार गर्दै पुग्ने अन्तिम अवस्था भनेको जेष्ठनागरि हुने हो अतः जेष्ठ नागरिकले राष्ट्लाई लगाएको गुन र रिण तिर्न वहाँहरुको कदर र सम्मान  राष्ट्र  र परिवार  दुबै तर्फ  हुनु पर्दछ ।कोहि पनि जेष्ठ नागरिक अपहेलित  हुन नपरोस्  अपमानित हुन नपरोस्  खान लाउन , स्वस्थ्य  उपचर  पाउनबाट  बन्चित  हुन नपरोस   बाचुनजेल  सबैबाट सम्मानजनक व्यवहार पाइरहुन  योग संग जोडिएर जेष्ठ  नगरिकलाई के कस्ता सेवा र फाइदा  पुराउन सकिन्छ ? यिनै  बिषयमा  केन्द्रित भएर  ” जेष्ठ नागरिक  आवाज ” पत्रीकाको लोकार्पण  तथा योग र जेष्ठ नागरिक विषयक बिचार  गोष्ठी कार्यक्रम आयोजना  गरेको बताउदै तारकेश्वर जेष्ठ  नागरिक सेवा समिति  सधैं  सधै जेष्ठ नागरिकको हक हितका लागि सबै पक्ष संग सहकार्य गर्दै अघि  बढ्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथीती तथा प्रमुख  वक्ता  जगननाथ उपाध्यायले हामीलाई जन्माउने हुर्काउने  शिक्षादिने  बा आमा  जिउदा भगवान हुन वहाँहरुको योगदानको महत्त्वलाई बुझेर सधै असल व्यावहार  र उचित  हेरचाह  गर्ने हाम्रो मुख्य  कर्तव्य  ठानी घरपरिवारमा भएका जेष्ठ  नागरिकलाई समय दिनु माया सद्भाव साथ व्यवहार  गर्नुपर्ने  बताउदै आज  म वावु आमा संग वसेकोछु वा म संग वावु आमा वस्छन् भन्ने विचको द्धन्द्ध  हटाउदै  । मैले वा आमा पालेको छु वा बा आमाको घरमा म वस्छु भन्ने विचको फरक छुट्याउनु पर्छ । वा आमाकोमा म वसेको छु भन्ने भाव राख्न सक्नु पर्छ । बाबु आमा  भनेको फेर्न सकिने विषय होइन ।  जेष्ठ  नागरिकहरुका सवालमा बनेका राष्ट्रिय अन्तराष्ट्रिय कानुनहरुको परिपालना गराइ अधिकारको सुनिश्चितता  हुनुपर्छ । यस्ता विषयहरु लागू गर्न राज्यले पहलकदमी गर्नुपर्छ । साथै  योग,  ध्यान   संग  जेष्ठ  नागरिकलाई जोड्दा   शारीरिक र मानसिक दुबैलाई राम्रो गर्ने हुदा  हामी योग संग जोडिएकाहरुले  आफ्नो घरपरिवारका जेष्ठ नागरिकलाई असल व्यावहार  गर्दै उदाहरणीय बन्न आग्रह गरेका थिए ।

कार्यक्रमको अर्को वक्ता योगगुरुमा पुष्पा लम्सालले  आफुले योग कक्षा  गराउदा  सधै जेष्ठ  नागरिकलाई गर्ने व्यवहारको बारेमा बताउने गरेको स्मरण  गराउदै आज यो महत्त्वपूर्ण कार्यक्रममा सोही बिषयमा बक्ताको रुपमा उभिन पाउँदा खुसि व्यक्त  गर्दै हाम्रो टोलमा, हाम्रो समाज वस्ती, हाम्रा घर घरमा हुने सक्षम कर्महरुलाई हामीले योगमा जोडनको लागि हामीले योग मात्र गरेर हुदैन, आफुले सिकेका कुराहरु घरमा टोल जेष्ठ नागरिकका उमेर शारिरिक अवस्था, वहाहरुलाई लाग्न सक्ने वा लागेका रोगहरुको समेत विचार गरी देखिएको साना साना समस्या सम्वोधन गर्न  सक्षम हुन सकियोस भन्नको  लागि पनि यस्ता कार्यक्रम  फलदायी हुनेछ ।साथै वर्तमान परिवेसमा हाम्रा अग्रजहरुले पनि पुरानो सोचलाई वदली समय परिस्थिति अनुसार आफुलाई परिवर्तन गरी एक आपसमा साथी सरह व्यवहार गर्नु पर्ने हुन्छ यसैलाई सहजता होस भनी हामीले योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी आयोजना गरिएको बताइन ।

कार्यक्रम संचालन बज्रयोगिनी योग साधना समुहका सचिब योगगुरु राजेन्द्र धिमिरेले  गरेका थिए  कार्यक्रम संचालनको क्रममा  तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले योग साधाना केन्द्रहरु संग सहकार्य गरेर  यो  महान कार्यमा सहभागी  हुन पाएकोमा खुशी व्यक्त  गर्दै योग र ध्यान मार्फत जेष्ठनागरिक संग गर्नुपर्ने  स्वास्थवर्दक, ज्ञानवर्दक विषयहरु र जेष्ठ नागरिकको सम्मानको वातावरण कसरी वनाउन सकिन्छ आज लोकार्पित  जेष्ठ नागरिक आवाज पत्रीका  र आजको बिचार गोष्ठी  कार्यक्रमले केही ज्ञान्  प्रदान गर्नेछ  ।आशा छ आज यस कार्यक्रममा सहभागी हामीले हाम्रो घरपरिवारमा रहेका जेष्ठ नागरिकलाई कस्तो  व्यवहार गरेका छौ मनन  गर्दै कहि कतै कमिकमजोरी   गरेका रहेछौ भने आझैबाट हामिले पनि असल व्यवहार गर्दै    जिउदा भगवानलाई खुशी  राख्दै  आफ्नो घरलाई स्वर्ग  बनाउन सबैलालाइ आग्रह  गरेका थिए।
कार्यक्रममा डा. विष्णु न्यौपानेले लोर्कापित कृतिको वारेमा बोल्दै यस पत्रीका भित्र   जेष्ठ नागरिकहरुको आवाज रहेको र  के कसरी जेष्ठ  नागरिकका समस्या बुझ्न सकिन्छ के कस्ता अपेक्षा  गरेका हुन्छन भन्ने  विषयहरु यस  भित्र रहेकाले सबैले  यो पत्रीका पढेर आगमि अङ्कमा के कस्ता  विषय राख्दा राम्रो हुन्छ  सुझावको लागि आग्रह  समेत गरेका थिए।
कार्यक्रममा मिलन वस्ति योग साधना केन्द्रको तर्फवाट शुस्मा रेग्मीले स्वागत मन्तव्य, वज्रयोगिनी योग साधना समूहका अध्यक्ष सुमन थापा एवं मिलन वस्ति योग साधना केन्द्रबाट अध्यक्ष राधिका मर्हजनले शुभकामना मन्तव्य राखेका थिए। भने धन्यवाद मन्तव्य योगगुरु केदार अधिकारीले गरेका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *