Saturday, January 24

सार्वजनिक स्थान सरसफाईमा जुट्दै शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

 टोखा न पा १ को सार्वजनिक स्थान सरसफाई  अभियानमा श्री शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था  लिमिटेड सक्रिय रुपमा जुटेको छ । सहकारी  संस्थाको आव्हानमा आइतबार बिहान  साङ्गला दोबाटो देखि सीमाचौर सम्मको मेन सडक क्षेत्रमा  सरसफाई गरिएको छ ।

सरसफाईका लागि संस्थाका शेयर सदस्य , जनप्रतिनिधि ,भद्र भलाद्मी ,समाजसेवी , राजनीतिकर्मी ,बिभिन्न संघ संस्था का व्यक्तिहरु तथा युवाहरु लाइ सहभागी गराई सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।

बिशेषगरि प्राकृतिक स्वरूपमा धनि रहेको झोर क्षेत्र र यहाका  मन्दिरहरुमा आउने भक्तजन लगाएत आन्तरिक तथा बाह्य पर्यटकहरु लाइ यहाँको वास्तविक बाताबरणीय अवस्था देखाउन साथै  स्वच्छ सफा सार्वजनिक स्थान बनाउन को लागि संस्था जुटेको संस्थाका अध्यक्ष श्री उद्धव अधिकारीले  बताउनु भयो।

सरसफाई अभियान आज बाट  सुरु भएपनि  पछिल्ला दिनहरुमा पनि क्रमसः  निरन्तर रहने योजना रहेको  अध्यक्ष  अधिकारीले जानकारी  दिनु भयो ।

शिवपुरी काखमा रहेको यस झोर क्षेत्रमा प्रख्यात धार्मिक स्थलहरु बौडेश्वोर,गुप्तेश्वोर, जलेश्वोर ,गौतामेश्वोर लगाएतका थुप्रै मन्दिर हरु रहेका छन् भने झोर झरनाको  रुपमा परिचित  बौडेश्वोर झरना यहाँको बिशेष आकर्षणको रुपमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *