
टोखा १ मा रहेको झोर महांकाल मा. बि. ले अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिधालयले आज टोखा १ स्थित झरना पार्टी प्यालेसमा एक कार्यक्रम गर्दै अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयलाइ योगदान पुर्याउनु हुने भुतपूर्व प्रधानाध्यापक , भुतपूर्व प्राध्यापक , भुतपूर्व ब्यबस्थापन समिति अध्यक्ष तथा सहयोगी दाताहरु लगाएत २०८० को एस. इ. इ. परीक्षामा उतिर्ण बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा नगरपालिका तथा वडाका जनप्रतिनिधिहरु ,कर्मचारीहरु ,स्थानीय अभिभावकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

