Author: टोखा खबर
टोखामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
स्थानीय तहको शान्ति सुरक्षा संग केन्द्रित रही काठमाडौंको टोखा नगरपालिकामा “स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह” सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आयोजना र टोखा नगरपालिकाको सहकार्यमा भएको यो कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सभाध्यक्षता रहेको थियो । टोखा नगरप्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि र उपप्रमुख मुरारी तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यसै गरि जिल्ला सुरक्षा समितिका प्रमुखहरू, नगरपालिकाका प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सदस्यहरू, पत्रकारहरू र कर्मचारीहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो।
नगरप्रमुख प्रकाश अधिकारीले समृद्ध र सुरक्षित टोखा निर्माणका लागि सबैको सहकार्य जरुरी रहेको बताउँदै नागरिक सेवालाई प्र...
२०८१ मा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो ।
ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
कुन घटनामा कति मानवीय क्षति ?
सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आगलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।
...
विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हँुदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ ।
प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् । आज नै माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् ।
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
हङ्कङमा जारी चारदेशीय टी–२० आई ...
बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो
विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ। तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो।
चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताउनुभयो। “स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन्”, उहाँले भन्नुभयो, “अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ।”
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले प्रारम्भिक अनुमानमा रु दुई करोडको क्षति भएको जानकारी दिनुभयो। उहाँका अनुसार खहरेखोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए। वर्षापछि खहरेखोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बज...
तीव्र हावाहुरीका कारण चीनमा जनजीवन प्रभावित
चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् ।
चीनको मौसम विज्ञान प्रशासनले जनाएअनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ । “अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायुगति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,” मौसम विभागले बताएको छ ।
बेइजिङले पछिल्लो १० वर्षमा पहिलो पटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् । त्यसै गरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्रगतिको रेल सेवा पनि स्थगित गरिएको छ...
भूमि सम्बन्धी कानुन चाँडै आउने :प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूमि सम्बन्धी कानुन चाँडै आउने बताउनुभएको छ। शनिबार झापाको दमकमा कोशी प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
भूमिको समस्याका कारण धेरै समस्याहरू रहेको उल्लेख गर्दै केही समयभित्र नै भूमिका सम्बन्धी कानुन आउने उल्लेख गर्नुभयो। ‘‘भूमिहीन सुकुम्वासीको समस्या सामधान गर्नका लागि यो सरकार कटिबद्ध छ’’, उहाँले भन्नुभयो। अब आउने संसद अधिवेशनको शुरुवातमा नै भूमि सम्बन्धीको कानुन आउने प्रधानमन्त्री ओलीले दाबी गर्नु भयो।
यसैगरी प्रधानमन्त्री ओलीले कोशी प्रदेश र मूलकमा नै आधुनिक कृषि प्रणालीमा जोड दिएर उत्पादन बढाउन लाग्नु पर्नेमा जोड दिनुभयो। निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर अब उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह पनि गर्नु भयो। हामी परम्परागत खेतीप्रणालीबाट माथि उठ्न सक्दैनौ, उहाँल...
देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ ।
नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट)गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो ।
“देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैङ्क डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार चैत १५ गतेको ...
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारण सभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताउनुभयो ।
“सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गर्नुभयो ।
पार्टीका नेता डा शेखर कोइरालाले संविधान संशोधनमा विलम्ब गर्न नहुने बताउनुभयो । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुप...
हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने अभियानको शुभारम्भ
नियमित मोही सेवनले स्वस्थ र ऊर्जावान् जीवन’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल डेरी एसोसिएसनले काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ। यो अभियानको शुभारम्भ आजदेखि भएको हो।
लामो समयदेखि परम्परागत दुग्धजन्य पदार्थहरू जस्तै मोही, दही, लस्सी र आइसक्रिमको प्रवर्द्धनमा सक्रिय रहेको यो एसोसिएसनले आफ्ना हरेक कार्यक्रममा कृत्रिम पेय पदार्थको सट्टा स्वदेशी उत्पादन मोहीलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो दुई वर्षयता अस्पताल, विद्यालय र सामुदायिक संस्थाहरूमा निःशुल्क मोही वितरणलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ।
दरबारमार्गको एक क्याफेमा प्रत्येक शनिबार बिहान ७ देखि ११ बजेसम्म मोही वितरण गर्ने यो अभियानले हालसम्म करिब २ लाख व्यक्तिलाई २५ हजार लिटर मोही वितरण गरेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए। उनले मोहीलाई प...

