Wednesday, April 22

Author: टोखा खबर

काठमाडौँमा बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौँमा बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

समाचार
काठमाडौँमा केही दिनदेखि बाक्लो तुवाँलो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरण प्रभावित भएको छ। भिजिबिलिटी घटेकाले आइएफआर (Instrument Flight Rules) प्रविधिको सहारामा उडान र अवतरण भइरहेको छ। महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, हाल विमानस्थलमा तीन हजार मिटरको भिजिबिलिटी छ। तर, बिहीबार बुद्ध एयर, यति एयरलाइन्स, र श्री एयरलाइन्सका केही माउन्टेन फ्लाइटहरू भैरहवा र जनकपुरतर्फ डाइभर्ट भएका छन्। उडान तथा अवतरण हालसम्म रद्द गरिएको छैन।...
वायु प्रदूषणका हिसाबले काठमाडौं उपत्यका आज विश्वमै दोस्रो स्थानमा

वायु प्रदूषणका हिसाबले काठमाडौं उपत्यका आज विश्वमै दोस्रो स्थानमा

समाचार
काठमाडौ‌- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा रहेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा रहेको हो । प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ । इन्डेक्सका अनुसार अहिले बिहान साढे ९ बजेको मापन अनुसार नेपालको वायु गुणस्तर सूचकाङ्क एक्यूआई २६८ छ भने भारतको ३९५ रहेको छ । विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र विभिन्न जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरुले बताएका छन् । यस्तो बेला विशेष सावधानी नअपनाए स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन असर पुर्याउने विज्ञहरुको भनाइ छ ।...
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

समाचार
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबिच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्थ्यो । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्र...
भीमफेदीमा रहेको नेपाली सेनाको ब्यारेकमा आगलागी

भीमफेदीमा रहेको नेपाली सेनाको ब्यारेकमा आगलागी

#, समाचार
मकवानपुरको भीमफेदीमा रहेको नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरभित्रको सैनिक   भएको छ। आगलागीका कारण सेनाका जवान बस्ने भवनको एक तिहाई भाग जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालका अनुसार बिहान ७:३० बजे विद्युत् सर्ट भएर सुरु भएको आगलागीले ब्यारेकका करिब १० वटा कोठामा पूर्ण क्षति पुर्‍याएको छ। राणाकालीन माटो र काठले बनेका घर भएकाले आगो नियन्त्रण गर्न दमकल प्रयोग गर्दा पनि समस्या भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो। उहाँले आगलागीबाट मानवीय क्षति नभएको र ब्यारेकमा रहेका सामानहरू निकालिएको जानकारी दिनुभयो।...
आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन सरकारको आमनागरिकमा अपिल

आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन सरकारको आमनागरिकमा अपिल

बिशेष
नेपाल सरकारले आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा अपिल गरेको छ । हिंसात्मक गतिविधि गरी आतङ्क फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र व्यक्तिको ज्यान जाने गरी अमानवीय र गैरकानुनी कार्य गर्ने जस्ता अराजक कार्यमा संलग्न नहुन सरकारले अपिल गरेको हो । मन्त्रीपरिषद्को चैत १८ गतेको निर्णय मङ्गलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत १५ गते प्रदर्शनका क्रममा भएका घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यस किसिमका अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा नेपाल सरकार हार्दिक अपिल गर्दछ ।” मन्त्रीपरिषद्को बैठकले चैत १५ गतेको प्रदर्शनका क्रममा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उप...
एन्टिबायोटिकको दुरुपयोग र  स्वास्थ्यमा पर्न सक्ने  संकट

एन्टिबायोटिकको दुरुपयोग र स्वास्थ्यमा पर्न सक्ने संकट

स्वास्थ्य
एन्टिबायोटिक औषधिको प्रयोग र खपतमा कुनै कमी छैन। सामान्य स्वास्थ्य समस्यामा पनि मानिसहरूले एन्टिबायोटिक खाने बानी यति बढेको छ कि यसले भविष्यमा ठूलो स्वास्थ्य संकट निम्त्याउने संकेत देखिएको छ। जथाभावी र बिना सोचविचार प्रयोग गरिने यस्ता औषधिले तत्काल राहत दिए पनि दीर्घकालमा साना रोगले पनि ज्यानै लिने जोखिम बढाउँछ। यो समस्या केवल औषधि खाने बानीमा मात्र सीमित छैन, अधुरो प्रयोग र गलत तरिकाले छोड्ने प्रवृत्तिले झन् ठूलो खतरा उत्पन्न गरिरहेको छ। # एन्टिबायोटिकको दुरुपयोगले निम्त्याउने समस्याहरु  अधुरो डोजको खतरा: धेरैजसो मानिसहरू बिरामी निको भएको महसुस भएपछि एन्टिबायोटिकको पूरा डोज नखाई बीचमै छोड्छन्। यो बानीले रोग जटिल भएर फर्कन सक्छ। शरीरमा बाँकी रहेका ब्याक्टेरियाहरू जीवित रहन्छन् र पुनः वृद्धि भएर संक्रमणलाई सक्रिय बनाउँछन्। यस्तो अवस्थामा ब्याक्टेरियाले औषधिविरुद्ध प्रतिरोध (एन्टिबायो...
आजको राष्ट्रिय सभा बैठक स्थगित

आजको राष्ट्रिय सभा बैठक स्थगित

बिशेष
१७ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको बैठक आइतबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको थियो । उक्त बैठक बस्दै नबसी भोलि बिहान सवा ११ बजे बस्नेगरी स्थगित भएको छ ।
समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो: एमाले महासचिव शङ्कर पोखरेल

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो: एमाले महासचिव शङ्कर पोखरेल

समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताउनुभयो । महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएका टिप्पणी गर्नुभयो । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उहाँले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्छ भन्नुभयो । महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिल...
दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्छ: सभामुख घिमिरे

दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्छ: सभामुख घिमिरे

#, बिशेष
काठमाडौँ, १५ मार्च - सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने  र पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नु पर्ने  आवश्यकता  रहेको औंल्याउनुभएको छ। आज काठमाडौँमा आयोजना गरिएको बेल्ट एण्ड रोड इनिसियटिभ (Belt and Road Initiative - BRI) र नेपाल-चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलाग’ कार्यक्रममा उहाँले बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। सभामुख घिमिरेले चीनको प्रगतिमा नेपालको गौरव र चीनको विकासबाट लाभ लिन चाहेको स्पष्ट पार्नुभयो। उहाँले २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट बाहिर निस्कने लक्ष्य राख्दै चीनसँगको सहयोग महत्वपूर्ण हुने अपेक्षा व्यक्त गर्नुभयो। नेपाल र चीनको ऐतिहासिक सम्बन्धलाई प्रगाढ र सुदृढ गर्दै, सभामुखले बिआरआईलाई नेपालका लागि आर्थिक वृद्धिका अवसरको रुपमा लिनुपर्ने बताएका छन्। उहा...
यस्तो छ प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको क्यालेन्डर

यस्तो छ प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको क्यालेन्डर

बिशेष
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो । क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी उहाँले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियो...