Wednesday, April 22

Author: टोखा खबर

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

विचार, समाचार
नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।...
५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

कृषि, प्रबिधी, मनोरन्जन, समाचार
मंगलबारदेखि काभ्रेको धुलिखेलमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ । सञ्चार र प्रविधिको विकासले फट्को मारिसकेको अवस्थामा बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्न अबको पत्रकारिताले सञ्चार प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्धेश्यका साथ यो  तालिमको  आयोजना गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती  प्रसाद  सापकोटाले पत्रकारहरुलाई विषयमा केन्द्रित भएर पत्रिकारता गर्न आग्रह गर्दै सहरमुखि नभएर ग्रामीण परिवेशमुखि पत्रकारिता गर्न आवश्यक रहेको बताए । प्रादेशिक संरचनाले राष्ट्रिय  आवश्यताको काम गर्न सकिदो रहेछ भन्ने उदाहरण बागमती प्रदेश र सरकारले देखाउन सकेको बताउदै उनले अनलाईन र मोबाइल पत्रकारिता तालिमको आयोजना गरेको बताए । आगामि दिनमा अब प्राप्त ज्ञानलाई विकास गर्न अर्को...
दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

समाचार, संस्कृति
दाङ- दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।...
कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

मनोरन्जन, समाचार
मोरङ- कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार गरी दश सदस्यीय बनाइएको छ । गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन गरिएको हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा ५ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको हो । मुख्यमन्त्री सहित दुई जना विना विभागिय मन्त्री नियुक्त गरी गठन भएको कोशी प्रदेश सरकारमा एमालेका एक जना राज्यमन्त्रीसहित ६ जना र माओवादी केन्द्रका एक जना राज्यमन्त्री सहित ४ जना मन्त्रीहरु रहेका छन् । नवनियुक्त मन्त्रीहरुलाई विभागीय जिम्मेवारी समेत तोकिएको छ । नयाँ मन्त्रीहरुमा राजेन्द्र कार्की स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्री, एकराज कार्की खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा सिर्जना राइलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्या...
फिनल्यान्ड सरकारबाट प्राप्त १३ मिलियन यूरो अनुदान सहायता सरकारले स्वीकार गर्ने

फिनल्यान्ड सरकारबाट प्राप्त १३ मिलियन यूरो अनुदान सहायता सरकारले स्वीकार गर्ने

*
काठमाडौँ- सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । मन्त्री शर्माले सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहने गरी प्रह्लादबहादुर केसी र रुसी महासङ...
पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

कृषि, प्रबिधी, समाचार
धुलिखेल / सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा आज मंगलबार देखि पाँच दिने मोबाइल पत्रकारिता र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ । मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश का २२ जना र अनलाइन पत्रकारिता २० जना पत्रकारहरुको सहभागिता रहेको छ। सहभागी मध्य १२ जना महिला पत्रकार छन् । मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक विकास कार्की र रामु सापकोटा तथा अनलाइन पत्रकारिता तालिमका लागि उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिँदै छन् । विगत ४ वर्ष देखि नै विभिन्न किसिमको तालिम दिँदै आएको सञ्चार रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्षमा तथ्याङ्क पत्रकारिता, चलचित्र पटकथा लेखन, अनलाइन तथा मोबाइल पत्रकारिता, रेडियो प्राविधिक ,चलचित्र पत्रकारिता लगायतका तालिम सम्पन्न गरीसकेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए। हाल सञ्चालित तालिम लिएपछि अनलाइन र मोबाईलको प्रयोग...
टोखाका साहित्यकारहरु सम्मानित

टोखाका साहित्यकारहरु सम्मानित

#, टोखा खबर, बिशेष, साहित्य
२०८१ बैशाख २९ गते,काठमाडौ । टोखा नगरपालिका र १ नं.वडा कार्यलय,झोर महाँकालको आयोजनामा साहित्यको जगेर्ना तथा प्रवर्धन कार्यक्रम -२०८१ का.जि.टोखा न.पा. वडा नं. १ स्थित झरना पार्टी प्यालेसको प्रेक्षालयमा स्थानीय तथा विभिन्न क्षेत्रबाट पाल्नुभएका साहित्यिक व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिका साथ आज भव्य रूपमा सम्पन्न भयो ।उक्त कार्यक्रममा लामो समयदेखि साधनारत विभिन्न विधाद्वारा नेपाली भाषा साहित्यलाई जगेर्ना तथा प्रवर्धन गर्नुहुने स्थानीय १५ सर्जकहरूलाई नगद र सम्मानपत्र तथा मायाको चिनो सहित सम्मानित गरिएको थियो । टोखा न.पा. १ नं. वडाका वडा अध्यक्ष श्री रमेश कुमार लामिछानेज्यूको सभापतित्व , टोखा न.पा. का नगर प्रमुख श्री प्रकाश अधिकारीज्यूको प्रमुख आतिथ्य तथा साहित्यका विभिन्न विशिष्ट व्यक्तित्वज्यूहरूको आतिथ्य रहेको उक्त कार्यक्रममा स्थानीय सर्जक लगायत ३५ जना सर्जकहरूले आ आफ्ना रचना वाचन गर...
टोखा झोरमा  श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

टोखा झोरमा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

टोखा खबर, साहित्य
टोखा नगरपालिका र टोखा नगरपालिका वडा नम्बर १ को संयुक्त आयोजना मा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  । साहित्य जगेर्ना तथा प्रवर्द्धन  गर्नका निमित  आयोजनामा गरिएको  कार्यक्रममा टोखा नगर पालिकाका नगरप्रमुख  प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको यस  कार्यक्रममा   बरिष्ठ   साहित्यकार डा० दामोदर पुडासैनी, मुक्तकार संन्तोष अमागाई तथा  साहित्य विधा कै हस्तिको रुपमा परिचित वासुदेव गुरागाई लगायत विशिष्ट ओहोदाका साहित्य संग सम्बंधित व्यक्तिहरुको  उपस्थिति रहेको थियो । झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित  कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा लामो समय  कलम चलाएका श्रष्ठाहरु लाई सम्मान गरिएको थियो  । जसमा  झोरका स्वर्गीय मंगलबहादुर तामाङ, स्वर्गीय भैरव अधिकारी, नरहरी दुलाल, श्यामकाजी श्रेष्ठ, शुदर्शन अधिकारी, सुमन कुमार धिताल, सुन्दर लामिछाने, ईश्...
टोखामा विष्णुमति नदि सरसफाई अभियानको  शुभारम्भ

टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

टोखा खबर, संस्कृति
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो । विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।  नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो । यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढे...
टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

#, टोखा खबर
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो । विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो । यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढे...