Tuesday, May 26

समाचार

ताप्लेजुङमा सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ने

ताप्लेजुङमा सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ने

गतिविधि, समाचार
ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् । यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह गर्ने जानकारी गराएको छ । २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्नेजारी सूचनामा उल्लेख गरिएको छ । उँभौली ...
सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली –१ मा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली –१ मा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु

समाचार
सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते हुनुभएको थियो । घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।...
बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा ११ जना घाइते , दुईको अवस्था गम्भीर

बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा ११ जना घाइते , दुईको अवस्था गम्भीर

गतिविधि, समाचार
बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । तमानखोलाको बोङ्गादोभान बजारदेखि कटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप सोमबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर घाइते भएको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो । गम्भीर घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले जानकारी दिनुभयो । अन्य घाइतेहरूको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ । मध्यम र सामान्य घाइतेहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
मातातीर्थ सवस्टेसनमा आगलागी पछि उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति

मातातीर्थ सवस्टेसनमा आगलागी पछि उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति

समाचार
काठमाडौं । मातातीर्थ सवस्टेसनमा भूमिगत लाइन परीक्षणका क्रममा आगलागी भएपछि काठमाडौं उपत्यकामा वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति गरिएको छ। आइतबार दिउँसो नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनको ११ केभी फिडर लाइनको ब्रेकर प्यानलमा आगलागी हुँदा केही क्षेत्रमा विद्युत् अवरुद्ध भएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आगलागीले प्रभावित अधिकांश क्षेत्रमा सोही दिनदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ। स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी विद्युत् सेवा सुचारु गरिएको र बूढानीलकण्ठ तथा चपली सवस्टेसनबाट स्वीचगियर ल्याएर ब्रेकर प्यानल प्रतिस्थापन प्रक्रिया अघि बढाइएको शाक्यले बताए। उनले चन्द्रागिरि आसपासका सीमित क्षेत्रमा मात्र काम बाँकी रहेको र चाँडै आपूर्ति सहज हुने जानकारी दिए। आगलागी ब्रेकर प्यानलको स्वीच सञ्चालनका क्रममा स्पार्कका कारण...
राष्ट्रपति  पौडेलद्वारा नगरकोट भ्रमण वर्ष २०८२ को उद्घाटन

राष्ट्रपति पौडेलद्वारा नगरकोट भ्रमण वर्ष २०८२ को उद्घाटन

समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १ गते नगरकोटको बतासे डाँडामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि र रोजगारीको आधार बनाउन पूर्वाधार विकास, कौशल वृद्धि र लगानीमैत्री वातावरण निर्माणमा जोड दिनु भयो। उहाँले नेपालको आर्थिक विकास, समावेशी समाज र संघीय लोकतन्त्रको सुदृढीकरणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो। नगरकोटको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई प्रचार गरी ११ लाख पर्यटक (१ लाख आन्तरिक, १० लाख बाह्य) भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण, काठमाडौँको शंखरापुर, काभ्रेको मण्डन देउपुर र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम सुरु भएको हो। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रमण वर्षले समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सांसद गोकुल...
२०८१ मा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

२०८१ मा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

समाचार
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ ।  प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । कुन घटनामा कति मानवीय क्षति ? सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आगलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । ...
विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

समाचार
काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हँुदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् । आज नै माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् । चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै हङ्कङमा जारी चारदेशीय टी–२० आई ...
बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो

बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो

गतिविधि, समाचार
विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ। तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो। चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताउनुभयो। “स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन्”, उहाँले भन्नुभयो, “अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ।” इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले प्रारम्भिक अनुमानमा रु दुई करोडको क्षति भएको जानकारी दिनुभयो। उहाँका अनुसार खहरेखोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए। वर्षापछि खहरेखोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बज...
तीव्र हावाहुरीका कारण चीनमा जनजीवन प्रभावित

तीव्र हावाहुरीका कारण चीनमा जनजीवन प्रभावित

समाचार
चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् । चीनको मौसम विज्ञान प्रशासनले जनाएअनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ । “अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायुगति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,” मौसम विभागले बताएको छ । बेइजिङले पछिल्लो १० वर्षमा पहिलो पटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् । त्यसै गरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्रगतिको रेल सेवा पनि स्थगित गरिएको छ...
देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको छ : प्रधानमन्त्री ओली

देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको छ : प्रधानमन्त्री ओली

समाचार
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट)गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो । “देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैङ्क डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार चैत १५ गतेको ...