Monday, October 26

समाचार

भारतीय विद्युत् मन्त्री दुईदिने भ्रमणका क्रममा आज काठमाडौँमा

भारतीय विद्युत् मन्त्री दुईदिने भ्रमणका क्रममा आज काठमाडौँमा

समाचार
भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गर्नुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो । सङ्खुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित...
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

अर्थ, समाचार
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।।...
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन प्रधानमन्त्री ओलीको आग्रह

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन प्रधानमन्त्री ओलीको आग्रह

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गर्नुभएको छ । नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताउनुभएको हो । विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन भएको र  ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु नपर्ने  प्रधानमन्त्री ओलीले  बताउनु भएको छ ।...
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ । देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो । उहाँले सोमवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनु भयो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो । लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उहाँले सक्रियता बढाउनु भएको थियो । उहाँले सोमवार बस्ने प्रधानमन्त्री...
१९ औ दिन शिक्षकहरूको प्रदर्शन जारी

१९ औ दिन शिक्षकहरूको प्रदर्शन जारी

समाचार
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरे सम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिविद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । स...
आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थमन्त्री पौडेललाई हस्तान्तरण

आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थमन्त्री पौडेललाई हस्तान्तरण

समाचार
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। सो प्रतिवेदन उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो। योजना आयोगले आगामी बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न सम्बन्धित मन्त्रालय, निकाय, र आयोगसँग छलफल गरी प्रतिवेदन तयार गरेको छ। अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी र संरचनागत सुधार हुँदै गएको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो। उहाँले आगामी बजेट सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने दाबी गर्नुभएको छ। आयोगले प्रतिवेदनमा परियोजनाहरू प्राथमिकता दिने, खर्च कुशलता बढाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सघाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई बजेटमा समेट्नुपर्ने सुझाव दिएको छ। चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका तथा आगामी...
अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

#, समाचार
काठमाडौँ, वैशाख ६  । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“ संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”...
गणतन्त्र पक्षधर एक भइ अघि बढ्ने विषयमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताबिच छलफल

गणतन्त्र पक्षधर एक भइ अघि बढ्ने विषयमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताबिच छलफल

#, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी हुनुहुन्थ्यो। छलफलमा सङ्क्रमण...
एमाले र कांग्रेसबिच कुनै समस्या छैन : गृहमन्त्री रमेश लेखक

एमाले र कांग्रेसबिच कुनै समस्या छैन : गृहमन्त्री रमेश लेखक

समाचार
पोखरा। गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबिच कुनै समस्या नभएको जिकिर गर्नुभएको छ। शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुबै दल सहमतिकै आधारमा अघि बढेको बताउनुभएको हो। लोकतन्त्रलाई समाप्त पार्ने खेल भइरहेको दाबी गर्दै उहाँले निरंकुशताको युग हामीले देखिसकेको बताउनुभयो। लोकतन्त्र समाप्त पार्नु भनेको पहिलो प्रहार मिडियामा हुने उहाँको भनाइ थियो। लोकतन्त्रको विकल्प नभएको बताउनुहँुदै लोकतन्त्रको नाममा कुनै निरंकुशता ल्याउन नेपाली जनता तयार नरहेको उल्लेख गर्नुभयो। संविधान संशोधनका लागि एमाले र कांग्रेसबिच संयुक्त कमिटी बनाउनेबारे सहमति बनेको उहाँले जानकारी दिनुभयो। ७० वर्षअघिको प्रहरी ऐन, २०१२ ले काम चलाइरहेको अवस्थामा प्रहरी समायोजनको काम भइरहेको उहाँले बताउनुभयो। ९ महिने सरकारमा रहिरहँदा आफूले नीतिगत र कानुनी सुधार गरेको उहाँले दाबी गर्नुभयो...
आजको मौसम : कोशी प्रदेश र बागमती प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा ,देशभर आंशिक बदली रहने

आजको मौसम : कोशी प्रदेश र बागमती प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा ,देशभर आंशिक बदली रहने

समाचार
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भईरहेको छ ।  हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशको पहाडी भागका केही स्थानहरू र बाँकी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...