Monday, October 26

समाचार

२०८१ मा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

२०८१ मा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

समाचार
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ ।  प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । कुन घटनामा कति मानवीय क्षति ? सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आगलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । ...
विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

समाचार
काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हँुदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् । आज नै माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् । चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै हङ्कङमा जारी चारदेशीय टी–२० आई ...
बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो

बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो

गतिविधि, समाचार
विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ। तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो। चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताउनुभयो। “स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन्”, उहाँले भन्नुभयो, “अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ।” इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले प्रारम्भिक अनुमानमा रु दुई करोडको क्षति भएको जानकारी दिनुभयो। उहाँका अनुसार खहरेखोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए। वर्षापछि खहरेखोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बज...
तीव्र हावाहुरीका कारण चीनमा जनजीवन प्रभावित

तीव्र हावाहुरीका कारण चीनमा जनजीवन प्रभावित

समाचार
चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् । चीनको मौसम विज्ञान प्रशासनले जनाएअनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ । “अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायुगति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,” मौसम विभागले बताएको छ । बेइजिङले पछिल्लो १० वर्षमा पहिलो पटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् । त्यसै गरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्रगतिको रेल सेवा पनि स्थगित गरिएको छ...
देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको छ : प्रधानमन्त्री ओली

देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको छ : प्रधानमन्त्री ओली

समाचार
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट)गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो । “देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैङ्क डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार चैत १५ गतेको ...
उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

#, समाचार
काठमाडौं । अहिले काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, अपराह्न र राति पनि हल्का पानी पर्ने सम्भावना छ । यो वर्षाले काठमाडौं उपत्यकालगायत देशका धेरैजसो क्षेत्रमा लागेको तुवाँलो बिस्तारै हट्ने उनको भनाइ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ । महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ र केही ठाउँमा हल्का हिमपात हुन सक्छ । पहाडी भेगमा पनि आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तराईम...
नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल: प्रदीप पौडेल

नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल: प्रदीप पौडेल

समाचार
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्दै पछिल्ला तीन दशकमा नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल गरेको बताउनुभयो। स्वास्थ्य प्रणाली बलियो बनाएर सबै नागरिकलाई सुविधा दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले बजेट अभाव, ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारको कमी र जलवायु परिवर्तनका चुनौतीले स्वास्थ्य पहुँचमा कठिनाइ भएको बताउनुभयो। अन्तरराष्ट्रिय सहायता, विकास सहयोग वृद्धि र निजी क्षेत्रको लगानी आवश्यक रहेकोमा जोड दिँदै मन्त्री पौडेलले यी समस्या समाधानका लागि सहकार्यको अपरिहार्यता औँल्याउनुभयो।...
सुशासन र जनताको सेवामा समर्पित भई लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन प्रधानमन्त्रीको आग्रह

सुशासन र जनताको सेवामा समर्पित भई लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन प्रधानमन्त्रीको आग्रह

समाचार
जनकपुरमा मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र जनताको सेवामा समर्पित भई लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गर्नुभयो। उहाँले गरिबीबाट मुक्ति पहिलो अधिकार भएको र विकास तथा समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। मधेसको सामाजिक-सांस्कृतिक ऐक्यबद्धता र नागरिकको योगदानको प्रशंसा गर्दै उहाँले प्रदेशको स्वायत्तताको सही उपयोग र सङ्घ-प्रदेश समन्वयमा जोड दिनुभयो। मधेसलाई कृषि, सिँचाइ र औद्योगिक सम्भावनाको उर्बर भूमि भन्दै सुनकोसी डाइभर्सनजस्ता आयोजनाले उत्पादन वृद्धि गर्ने उहाँको भनाइ थियो। जनकपुरधामलाई सांस्कृतिक पर्यटन र वीरगञ्जलाई आर्थिक केन्द्र बनाउन सकिने बताउँदै रेलमार्गको सफलताको उदाहरण प्रस्तुत गर्नुभयो। सरकार र प्रतिपक्ष मिलेर मधेसलाई नमुना प्रदेश बनाउनुपर्ने र सङ्घीय सरकारको साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो। नगद वितरणभन्दा ...
विभिन्न कार्यक्रम जनआन्दोलन दिवस मनाइँदै

विभिन्न कार्यक्रम जनआन्दोलन दिवस मनाइँदै

समाचार
काठमाडौँ। नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन रा...
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव,पहाडी भूभागमा आंशिक बदली

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव,पहाडी भूभागमा आंशिक बदली

समाचार
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, यी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम भएकाले सुख्खापन, आगलागी र वायु प्रदूषणको स्तर बढ्न सक्ने अनुमान गरिएको छ। यसले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले महाशाखाले यसबाट बच्न आवश्यक उपायहरू र सतर्कता अपनाउन अनुरोध गरेको छ।...