Tuesday, May 26

समाचार

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

समाचार
काठमाडौँ I अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गर्नु भएको हो । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।...
गाउँमा विवाद भइ गोली चल्दा बैतडीमा एक जनाको मृत्यु

गाउँमा विवाद भइ गोली चल्दा बैतडीमा एक जनाको मृत्यु

समाचार
बैतडी- गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका-८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गएराति गोली प्रहार गरेका थिए । शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी च...
वीरगञ्ज नाकाबाट सात महिनामा आठ अर्ब ६८ करोड मूल्यको धान-चामल आयात

वीरगञ्ज नाकाबाट सात महिनामा आठ अर्ब ६८ करोड मूल्यको धान-चामल आयात

समाचार
पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताउनुभयो । “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।” कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ । ...
म्याग्दीमा भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

म्याग्दीमा भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

समाचार
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको सुके बगरमा बुधवार दिउँसो भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दानाको जलथलेस्थित सुके बगरबाट नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४६४४ नम्बरको भ्यान सडकबाट तल खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको भ्यान दुर्घटनामा परेर भ्यानका चालक अन्नपूर्ण–४, घरापकी ४० बर्सिया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । भ्यान दुर्घटनामा परेर अन्नपूर्ण–४, घरापकी ४० बर्सिया नमिता चोचाङ्गे र ५० बर्सिया रुपा पुनको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो । टाउकोमा चोट लागेको चोचाङ्गे र पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसै गरी दुर्घटनामा परी सोही ठाउँकी ५२ ...
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

समाचार
काठमाडौँ- महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ । अहिले भक्तजनको लाम धेरै लामो भएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताउनुभयो । बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने जनाइएको छ । महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक ...
काठमाडौँमा डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने

काठमाडौँमा डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने

प्रबिधी, समाचार
काठमाडौँ– महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तरराष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । कार्यालयले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही फागुन १५ र १६ गते सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनमा डिजिटल अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानुनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने बताउनुभयो । काठमाडौँमा हुने सम्मेलनमा नेपाल, संयुक्त अधिराज्य (बेलायत), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेविया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलङ्का, नर्वे, रुसलगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुनविज्ञ, न्...
सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

समाचार
सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार छन् । उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो । उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।...
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

समाचार
लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो। मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो । भूकम्पको झड्काले झसङ्ग बनाएको स्थानीयवासीले बताएका छन्। यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प गएका छन् । यसअघि २०७८ जेठ ५ गते बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका८ भुलभुले केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्यूड स्केलको भूकम्पले मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिकाका करिब एक हजार घर पूर्णरूपमा क्षति भएका थिए । सो भूकम्पले दुई हजार घरमा आंशिक क्ष...
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

गतिविधि, समाचार
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरू गठन गरेको छ । सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमितिका परिषद् सदस्य राजकुमार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाइको व्यवस्था समेत गरेको उनको भनाइ छ । उनले भने ‘२०८१ साल फागुन १४ गते बुधवार २६ फेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान् पर्व शिवरात्रि पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरूको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्...
देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

गतिविधि, समाचार
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात पर्न सक्ने सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती, र गण्डकी प्रदेश...