नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेको जानकारी गराएको हो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो।...
२०८१ माघ ७ सोमबार २०८१ माघ ७ सोमबार २०८१ माघ ७ सोमबार by टोखा खबरNo Comments
विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ ।
७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उहाँ अमेरिकाको ४५ औँ राष्ट्रपति हुनुहुन्थ्यो । सत्ताच्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ ।
ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानुहुनेछ । बाहिरिनु भएको छ । बाइडेन र ट्रम्पबिच...
२०८१ माघ १ मंगलवार २०८१ माघ १ मंगलवार २०८१ माघ १ मंगलवार by टोखा खबरNo Comments
काठमाडौं, माघ १ गते । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।
यसैअन्तर्गत मन्त्री डा. राणाले मङ्गलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ ।
मन्त्री डा. राणाले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको...
२०८१ माघ १ मंगलवार २०८१ माघ १ मंगलवार २०८१ माघ १ मंगलवार by टोखा खबरNo Comments
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गर्नुभएको छ ।
माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताउनुभयो । उहाँले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्तिनै भएको बताउनुभयो ।
उहाँले विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा म...
२०८१ पुष २९ सोमबार २०८१ पुष २९ सोमबार २०८१ पुष २९ सोमबार by टोखा खबरNo Comments
माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय व्यवसायी चाकु उत्पादनमा व्यस्त भएका छन्। यतिबेला टोखाको गल्ली र बजार मा तातो चाकुको मगमग बास्नाले आउने गर्दछ । माघेसङक्रान्ति पर्वमा तरुल, घिउसँगै खाने विशेष परिकार चाकु, तिलौरीलगायतका परिकार बन्ने टोखा क्षेत्रका बासिन्दाहरू यतिबेला परम्परागत मिठाइ चाकुका परिकार बनाउन व्यस्त रहेका छन् ।
जाडो मौसममा शरीरलाई आँतैदेखि तातो बनाउने चाकुका अनेकौँ परिकार किन्न खुद्रा तथा थोक विक्रेताहरूको पनि टोखामा घुइँचो छ । टोखाका चाकु व्यवसायी कृष्ण श्रेष्ठ टोखावासीको पुख्र्यौली पेसाका रूपमा चलिरहेको यो व्यवसायमा यतिबेला निकै चटारोसाथ काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सक्खरलाई आगोमा पगालेर तिल, नरिवलका टुक्रा, बदामलगायतका विभिन्न खाद्यपदार्थ मिलाएर चाकु बनाइन्छ । श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिका संस्थापकसमेत रहनुभएका श्रेष्ठले चिसो मौसममा शरीर तताउन बिराम...
२०८१ पुष २९ सोमबार २०८१ पुष २९ सोमबार २०८१ पुष २९ सोमबार by टोखा खबरNo Comments
जुवाको खालबाट कैलालीमा ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका-२ का कटक थापा, बर्दगोरिया-१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।...
२०८१ पुष २९ सोमबार २०८१ पुष २९ सोमबार २०८१ पुष २९ सोमबार by टोखा खबरNo Comments
कपिलवस्तुमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको बा।प्र। ०३–००१ ख २२२० न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ९१ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका थारुलाई प्रहरीले उपचारका लागी कपिलवस्तु अस्पताल पुराएको थियो । अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला चितवन रत्तनगर न।पा। ३ बस्ने वर्ष ३७ को जयराम तिमिल्सेना प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनु भयो ।...
२०८१ पुष २७ शनिबार २०८१ पुष २७ शनिबार २०८१ पुष २७ शनिबार by टोखा खबरNo Comments
शनिबार दिउँसो मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो।
चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२६ च ५२५० नम्बरको स्कारपियो र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा ट्राफिक सहितको टोलीले दुबै सवारीको चालकसहित आठ जना घाइतेलाई उद्धार गरी उपचारको लागि चितवन पठाएको प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो...
२०८१ पुष २७ शनिबार २०८१ पुष २७ शनिबार २०८१ पुष २७ शनिबार by टोखा खबरNo Comments
उत्तरपूर्वी चीनको जिलिन प्रान्त र बाँकी विश्वबिचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले शनिबार प्रान्तको राजधानी सहर चाङचुनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्रको उद्घाटन गरियो ।
प्रान्तको प्रचार विभागका अधिकारी बाई युका अनुसार नयाँ केन्द्रलाई आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ । साथै, अन्तर्राष्ट्रिय सञ्चारको प्रभावकारिता बढाउने प्रयास गरिएको छ ।
जिलिन हजारौं वर्षको समृद्ध सांस्कृतिक सम्पदाको घर मात्र होइन तर चीनको उद्घाटनका लागि महत्त्वपूर्ण उत्तरी प्रवेशद्वार पनि हो । उत्तरपूर्वी एसियामा सांस्कृतिक आदानप्रदानको प्रमुख केन्द्र पनि हो ।
प्रान्तले वन्यजन्तु संरक्षणमा प्रकाश पार्नका लागि अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पनि सुरू गर्यो । चीनले आधिकारिक रूपमा सन् २०२१ मा उत्तरपूर्वी चीन बाघ र चितुवा राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो ...
२०८१ पुष २७ शनिबार २०८१ पुष २७ शनिबार २०८१ पुष २७ शनिबार by टोखा खबरNo Comments
हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान अर्पण गरेको समेत गरेको थियो ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।
उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।...