Wednesday, October 28

समाचार

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

मनोरन्जन, समाचार
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । हिजो बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको थियो । उहाँले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताउनुभएको थियो । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो । संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गो लगाउने भएको छ ।...
सरकारद्वारा थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत

सरकारद्वारा थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत

समाचार
काठमाडौँ । सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।...
मार्च १ तारिखदेखि प्रिमनसुन सुरु,आज देशभर बदलीका साथ वर्षा

मार्च १ तारिखदेखि प्रिमनसुन सुरु,आज देशभर बदलीका साथ वर्षा

समाचार
काठमाडौँ, फागुन २० गते। सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आइतबार कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू-भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो। मौसमविद् पुडासैनीले भन्नुभयो, “मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो। आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ।” प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ। मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ। नेपालमा सामान्यतया: मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष क...
राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश

समाचार
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सोमबार बसेको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा वैठक सम्पन्न भएको जानकारी दिनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो ।...
पाल्पामा राष्ट्रिय महिला भलिबल हुँदै

पाल्पामा राष्ट्रिय महिला भलिबल हुँदै

खेलकुद, मनोरन्जन, विचार, समाचार, संस्कृति
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी फागुन १८ गते देखि पाल्पामा हुने भएको छ । फागुन १८ देखि २४ गते सम्म जिल्लाको रामपुर नगरपालिकामा हुने भएको हो । जिल्ला भलिबल सङ्घ पाल्पाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको ७० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ । सङ्घीयता कार्यान्वयन पश्चात् प्रदेशमा पहिलो पटक हुन लागेको प्रतियोगिता तयारीको कार्य तीव्र गतिमा भइरहेको जिल्ला भलिबल सङ्घ पाल्पाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । उहाँले विभिन्न उपसमिति गठन गरी तयारीको कार्य चलिरहेको र ७० प्रतिशत कार्य सकिएको जानकारी दिनुभयो । खेल मैदान निर्माण, प्यारा फिट निर्माण भइरहेको उहाँले बताउनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब गरी ३ विभागीय टिम र सात प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्ट...
जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

विचार, समाचार, संस्कृति
जुम्लामा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी सँगको अन्तरक्रियामा नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा पनि दुई चरणमा खोप अभियान सुरु गरिने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लामा पहिलो चरणमा यही फागुन १३ गतेदेखि जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकामा दादुर –रुबेला खोप लगाइने र दोस्रो चरण फागुन १९ गतेदेखि जिल्लाको तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा लगाइने जानकारी गनुभयो । उहाँले सो खोप अभियानमा आफ्ना बालबालिकालाई नछुटाउन अनुरोध गर्नुभयो । उहाँले सो खोप अभियानका लागि निम्तो क...
बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

मनोरन्जन, समाचार
काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गर्नुभयो । शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो । नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस प...

दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

समाचार
काठमाडौँ- दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको हो । मित्रराष्ट्र जापानले उपाध्यक्ष श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो । उहाँलाई बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मञ्चको अध्यक्ष निर्वाचित भएपश्चात् कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभएको आयोगले जनाएको छ । मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेण्डाका रुपमा रहेका दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेको प्रगतिको समीक्षा गरिनुका साथै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँदैछ ।...

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

मनोरन्जन, समाचार, संस्कृति
नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । “बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ”, वडाध्यक्ष...

टोखामा दादुरा रूबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम संम्पन्न

टोखा खबर, समाचार
स्थानीय तह खोप समन्वय समिति तथा सचारकर्मीहरूलाइ दादुरा रूबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा बहस-पैरबी गोष्ठि सम्पन्न भयको छ  । यस कार्यक्रममा टोखा नगरपालिकाका कार्य बाहक  नगर प्रमुख श्री मुरारी तामाङ ज्यूको अध्यक्षतामा तथा प्रमुख प्रशासकिय अधिकृत श्री शेर बहादुर बि.सी ज्यु प्रमुख आतिथ्यमा र टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.सुजता नगरकोटी बिशिस्ट अतिथी रहनु भयको थियो ।    भने सहभागीहरू टोखा नगरपालिकाका वडा अध्यक्षहरू नगर कार्यपालिकाका सदश्यहरू सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरू स्थानिय बाल कल्बका प्रमुख तथा प्रतिनिधीहरू र बिभिन्न मिडियाहरूबाट पत्रकार हरूको उपस्तिथी रहेको थियो। देश ब्यापी रूपमा सचांलन हुनगइ रहेको दादुरा रूबेला खोप अभियान टोखा नगरपालिकामा २०८० फागुन महिनाको १३ गते देखी ३० गतेसम्म ९ महिना देखी १५ वर्ष सम्मका बालबालिकाहरूलाइ दादुरा रूबे...