Sunday, October 25

समाचार

नेपालको नयाँ अन्तरिम सरकारलाइ भारत द्वारा स्वागत

नेपालको नयाँ अन्तरिम सरकारलाइ भारत द्वारा स्वागत

समाचार
काठमाडौं : नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले नेपालमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास लिएको छ। विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।” भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ।...
नवनियुक्त प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद भंग, राष्ट्रपतिबाट सदर

नवनियुक्त प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद भंग, राष्ट्रपतिबाट सदर

समाचार
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद भंग गरेका हुन्। शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्। संसद विघटन गर्ने कार्की नेतृत्वको एक सदस्यीय मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले सदर गरेका हुन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति जुटेको थियो। प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ। राष्ट्रपति पौडेलले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आग...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की द्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ,६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की द्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ,६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी हुन् । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उनलाई नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा ६ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरिएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधी...
आज राति खग्रास चन्द्रग्रहण लाग्दै, राति १०ः१२ मा शुरु भइ १ः४१ मा अन्त्य हुने

आज राति खग्रास चन्द्रग्रहण लाग्दै, राति १०ः१२ मा शुरु भइ १ः४१ मा अन्त्य हुने

समाचार
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उहाँले सुनाउनुभयो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताउनुभयो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकि...
बाघको आक्रमणबाट बारामा फेरीअर्को एक जनाको मृत्यु

बाघको आक्रमणबाट बारामा फेरीअर्को एक जनाको मृत्यु

गतिविधि, समाचार
बारा- बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ । एक हप्ता नबित्दै बारा जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा बाघको आक्रमणबाट मृत्यु भएको हो । साइकल लिएर नजिकको प्रगतिशील सामुदायिक बनमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको घटनास्थल पुगेका जीतपुरसरिमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ । च्याउ टिप्न जङ्गल गएको साइकल र उनको सामाग्रीले देखिएको उनले बताउनु भएको छ । डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख राजीव झाले पटक पटक मानिसमाथि आक्रमण गरी मानवलाई खान थालेकाले नियन्त्रणका लागि डार्क टोली खटिसकेकोले चाडै नियन्त्रण गरिने बताउनु भएको छ । बारामा बाघको आक्रमणमा परी जीतपुर सिमरामा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको हप्ता दिन बित्न नपाउँदै यो घटना भएको हो । जीतपुर सिमरामा यो बर्ष तीन जनाको बाघको आक्...
प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

समाचार
थियानजिन (चीन)। शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुनुुहुन्छ । अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी हुनुहुन्थ्यो ।...
इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

#, समाचार
इजरायलको आक्रमणमा परेर यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावीको मृत्यु भएको छ । यमनका हुथी विद्रोहीहरूले इजरायलको आक्रमणमा प्रधानमन्त्रीको मृत्यु भएको दाबी गरेको हो । गाजा युद्ध सुरु भएपछि यो हुथी विद्रोहीहरूका लागि सबैभन्दा ठुलो क्षति हो । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो । हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको समाचार एजेन्सी रोयटर्सले बताएको छ । तर यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बिबिसीले जनाएको छ । शनिवार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन् । बिहीबार राजधानी साना भएको आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन, तर यसमा अन्य केही व्यक्ति घाइते भएका उल्लेख गरिएको छ । एएफपीका अनुसार, अल–रहावीलाई अन्तिम पटक बुधबार सानामा एक स...
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक

समाचार
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । बनबासा पुल भएर नेपाल–भारत प्रवेश गर्ने ठुला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्रवार दिउँसो १२ : ४५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ४५ हजार ०२९ क्यूसेक मापन गरिएको छ । महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुल (शारदा ब्यारेज) जीर्ण हुँदा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ । सुदूरपश्चिमका पहाडी जिल्ला सहित कञ्चनपुरमा बिहीबारदेखि नियमितरुपमा वर्षा भएकाले शुक्रवार महाकालीमा पानीको बहाव बढेको छ ।...
स्कुटर र्दुघटना हुदा दुइ युवकको मृत्यु

स्कुटर र्दुघटना हुदा दुइ युवकको मृत्यु

समाचार
काठमाडौँ- काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।...
जापानिज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

ताजा अपडेट, समाचार, स्वास्थ्य
जिल्लाका तीन जनाले जापानिज इन्सेफलाइटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३  देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो । जापानिज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने उहाँले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी देख्ने जापानिज इन्सेफलाइटिसका लक्षण हुन् ।...