Tuesday, May 26

समाचार

ग्वार्को चोकमा‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

ग्वार्को चोकमा‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

समाचार
देशको पहिलो ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । पटकपटक म्याद थप र प्राविधिक जटिलताका कारण ढिलाइ भएको यो परियोजना २०७८ फागुनमा शुरू भई २०८१ पुसमा सम्पन्न भएको हो। निर्माण लागत रु १७ करोडबाट बढेर रु ३१ करोड पुगेको छ, जसमा ठेकेदारले रु १ करोड ४७ लाख हर्जना तिरेको छ। ५७६.२ मिटर लामो र १६.४ मिटर चौडा यो फ्लाई ओभरले चार लेन सडक सञ्चालन गर्नेछ, जसले ग्वार्को चोकको ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ। तर, सातदोबाटोमा ट्राफिक चाप बढ्ने सम्भावना छ। ट्राफिक व्यवस्थापनका लागि अन्य चोकमा पनि यस्ता संरचना आवश्यक रहेको विज्ञहरूले सुझाएका छन्। सिसीटिभी र बत्ती जडान जस्ता बाँकी काम छिटो सक्न निर्देशन दिइएको छ।...
मनाङबाट निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज,मनाङ ‘ख’मा उपचुनाव हुने

मनाङबाट निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज,मनाङ ‘ख’मा उपचुनाव हुने

समाचार
मनाङ – मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज भएको छ। ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक आन्तिम साता जेल चलान हुनुभएका मनाङेको पद रिक्त भएको हो। सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो। गुरुङलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति ९बुधबार०बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ। संविधानको धारा १८० मा धारा १७८ बमोजिमका योग्यता नभए प्रदेशसभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा अब ५९ सदस्यमात्र कायम भएका छन्। धारा १७८ को उपधारा...
नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास दैलेखमा रहेको पुष्टि

नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास दैलेखमा रहेको पुष्टि

समाचार
चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ । लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ । अब भने दैलेखको विकासले फट्को मार्ने व्यावसायी प्रेम ओली बताउनुहुन्छ । लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको उहाँको भनाइ छ । दैलेखमा ग्यास पुष्टि भएको विषयले सामाजिक सञ्जाल रङ्गिएको छ । दैलेखमा विकासको मूल फुट्ने र आर्थिक अवस्थामा समेत सुधार आउने युवा नेता नवीन योगीले बताउनुभयो । उहाँका अनुसार सरकारले अब थप प्रक्रिया अघि बढाएर काम सुरु गर्नुपर्छ । उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बताउनुभएको छ । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबाट सुरू भएक...
आज यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

समाचार
काठमाडौँ- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, ब...
डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध

डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध

समाचार
मङ्गलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो । मङ्गलबार रातिको बाढीले फेरि डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । तत्काल यो सडक खुल्ने अवस्था नरहेकाले यो मार्ग भएर यात्रा नगर्न प्रहरीले सबैसित आग्रह गरेको छ । डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको नेपालले बताउनुभयो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदैआएको छ । खोलाले यो डाइभर्सन बगाएको यो छैटौं पटक हो । धेरैजसो सवारी स...
मार्केटिङको बहानामा बन्धक बनाएका  १२ जना बालबालिकाको  प्रहरी द्वारा उद्धार

मार्केटिङको बहानामा बन्धक बनाएका १२ जना बालबालिकाको प्रहरी द्वारा उद्धार

गतिविधि, समाचार
सुनसरी- हर्बल सामग्रीको मार्केटिङको बहानामा बालबालिकालाई बन्धक बनाएर काममा लगाउने गिरोहको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित बसपार्क नजिकैको बन्दना होटलबाट १२ जना बालबालिकाको उद्धार गरेको हो । घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कम्पनीको नाममा टिकटकमार्फत प्रलोभन काठमाडौंको चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमा हर्बल सामग्रीको मार्केटिङका लागि आकर्षक विज्ञापन प्रकाशित गरेको थियो । उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका तथा युवाहरू कामको आशामा काठमाडौं पुगेका थिए । उनीहरूलाई सुरुमा काठमाडौंमा करिब एक महिना राखेर काम गराइएको र त्यसपछि इटहरी स्थानान्तरण ...
एसियाली राजमार्गः काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र कालोपत्र गर्न सुरु थालियो

एसियाली राजमार्गः काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र कालोपत्र गर्न सुरु थालियो

गतिविधि, समाचार
एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ । एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । प...
सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

समाचार
बुधबार राति झापाको दमकमा  भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दमक ४ का ३६ वर्षीय मिलन थापाको मृत्यु भएको हो। कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दमक नगरपालिका –७ पशुहाट डाँडास्थित पूर्व पश्चिम लोकमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। मे १ ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।त्यसक्रममा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए। थापाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  बस चालक झापा गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।...
तीन दिन सवारीचालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने

तीन दिन सवारीचालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने

अर्थ, गतिविधि, प्रबिधी, समाचार
यातायात व्यवस्था विभागको सूचना अनुसार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको हो। स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले छपाइ बन्द गर्न लागिएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो । उक्त अवधिमा अत्यावश्यक सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ अगावै निवेदन बुझाई स्वीकृत भएको यकिन गर्नुहुन विभागले अनुरोध गरेको छ । विभागका अनुसार हाल करिब ३० लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।...
सर्वोच्चको आदेशबारे अग्नि सापकोटा : ‘आ–आफ्नै ढंगले गरिएको प्रचारमा सत्यता छैन’

सर्वोच्चको आदेशबारे अग्नि सापकोटा : ‘आ–आफ्नै ढंगले गरिएको प्रचारमा सत्यता छैन’

ताजा अपडेट, समाचार
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे अहिले छलफल आवश्यक नभएको बताएका छन् । सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर मात्र छलफल गर्नुपर्ने उनको धारणा छ । उनले अनलाइनखबरसँग भने, ‘पूर्णपाठ आओस् अनि थप कुरा गरौंला अहिले मेरो भन्नु केही छैन ।’ आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुको जिज्ञासामा पनि सापकोटाले त्यही धारणा दोहोर्‍याए । आजको बैठकमा सर्वोच्चको आदेशबारे के छलफल भयो भन्ने जिज्ञासामा सापकोटाले भने, ‘कुनै पनि कुराको टिप्पणी गर्दाखेरि त्यसको पूरै अध्ययन गर्नुपर्छ । अहिले त लिखित पनि आएको छैन ।’ उनले अहिले आ–आफ्नै ढंगले प्रचार भइरहेको र ती प्रचारमा धेरै सत्यता पनि नभएको उनले प्रतिक्रिया दिए । ‘त्यो प्रचारम...