Tuesday, May 26

समाचार

आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र काममा फर्कन सर्वोच्चको आदेश

आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र काममा फर्कन सर्वोच्चको आदेश

समाचार
काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिनुभयो । अदालतको आदेश प्राप्त भएपछि तीनदिने अवधि शुरु हुने र भोलि सम्बन्धित पक्षकोमा आदेश पुग्ने पनि सहरजिष्ट्रार कुइँकेलले जानकारी दिनुभयो ।।...
अस्थिरता र अराजकतालाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

अस्थिरता र अराजकतालाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

समाचार
काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो । देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुन र नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् भन्ने विश्वासका साथ महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभयो । प्रधानमन्त्री ओलीले वैशाख ११ गते ...
जम्मू-कश्मीरमा अन्धाधुन्ध गोली प्रहार हुदा एक नेपाली सहित कम्तीमा २८ जनाको मृत्यु

जम्मू-कश्मीरमा अन्धाधुन्ध गोली प्रहार हुदा एक नेपाली सहित कम्तीमा २८ जनाको मृत्यु

समाचार
आतंककारीहरूले जम्मू-कश्मीर को बैसरान भन्ने ठाउमा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन्। घटनामा आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरि आक्रमण गरेका थिए । यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद...
औपचारिक भ्रमणका लागि  युएईका विदेशमन्त्री शेख अब्दुल्लाह मङ्गलबार साँझ काठमाडौँमा

औपचारिक भ्रमणका लागि युएईका विदेशमन्त्री शेख अब्दुल्लाह मङ्गलबार साँझ काठमाडौँमा

समाचार
दुईदिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान मङ्गलबार साँझ काठमाडौँ आइपुग्नु भएको छ  । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो  । परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगो...
सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध

सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध

समाचार
सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् । पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताउनुभयो । दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ...
भारतीय विद्युत् मन्त्री दुईदिने भ्रमणका क्रममा आज काठमाडौँमा

भारतीय विद्युत् मन्त्री दुईदिने भ्रमणका क्रममा आज काठमाडौँमा

समाचार
भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गर्नुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो । सङ्खुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित...
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

अर्थ, समाचार
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।।...
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन प्रधानमन्त्री ओलीको आग्रह

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन प्रधानमन्त्री ओलीको आग्रह

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गर्नुभएको छ । नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताउनुभएको हो । विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन भएको र  ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु नपर्ने  प्रधानमन्त्री ओलीले  बताउनु भएको छ ।...
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ । देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो । उहाँले सोमवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनु भयो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो । लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उहाँले सक्रियता बढाउनु भएको थियो । उहाँले सोमवार बस्ने प्रधानमन्त्री...
१९ औ दिन शिक्षकहरूको प्रदर्शन जारी

१९ औ दिन शिक्षकहरूको प्रदर्शन जारी

समाचार
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरे सम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिविद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । स...