Saturday, April 18

विचार

जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

विचार, समाचार, संस्कृति
जुम्लामा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी सँगको अन्तरक्रियामा नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा पनि दुई चरणमा खोप अभियान सुरु गरिने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लामा पहिलो चरणमा यही फागुन १३ गतेदेखि जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकामा दादुर –रुबेला खोप लगाइने र दोस्रो चरण फागुन १९ गतेदेखि जिल्लाको तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा लगाइने जानकारी गनुभयो । उहाँले सो खोप अभियानमा आफ्ना बालबालिकालाई नछुटाउन अनुरोध गर्नुभयो । उहाँले सो खोप अभियानका लागि निम्तो क...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

मनोरन्जन, विचार, समाचार
सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।    सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्धनका लागि भन्दै सरकारले १९ कानुन एकै पटक संशोधन अघि बढाएको थियो । अघिल्लो संसद्मा पनि उक्त विधेयक सरकारले ल्याएको थियो । तर विधेयक पारित नभई प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो । नयाँ संसद्मा सरकारले सुरुवातबाटै विधेयक अघि बढाएको थियो । विधेयकले नेपाल राष्ट्र बैङ...
नेपाल र क्यानडा भिड्दै

नेपाल र क्यानडा भिड्दै

*, खेलकुद, विचार, समाचार
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारी स्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।

बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

कृषि, मनोरन्जन, विचार, समाचार, संस्कृति
मोरङमा बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको आरोपमा प्रहरीले जहदा-१ का २० वर्षीय अभिषेक यादव,१९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो । जहदा-१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको  देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सुरुमा प्रहरीले अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।  प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालकलाई विराटनगर–१८ बाट सकुशल उद्धार गरेको छ । डीएसपी दाहालका अनुसार जहदा-१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए ।...

सन्दीपलाई आठ वर्ष कैद सजाय

विचार, समाचार
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको काठमाडौँ जिल्ला अदालतका वैतनिक वकिल बुनु भण्डारीले जानकारी दिनुभयो । यता काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप उच्च अदालत जाने हुनुभएको छ । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो । बुधबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अ...
सर्लाहीको बरहथवामा कर्फ्यू आदेश

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश

कृषि, विचार, समाचार, संस्कृति
जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले स्थिति सामान्य पार्न शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको  बताउनुभयो। घटनामा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कार साहको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरीले चलाएको गोली लागेर उहाँको मृत्यु भएको दाबी गरे पनि प्रहरीले अझै पुष्टि गरेको छैन । प्रदर्शनमा क्रममा नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि हवा...

जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार

विचार, समाचार
काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’...

एमाले अध्यक्ष ओली पुगे बालुवाटार ,ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू

मनोरन्जन, विचार, समाचार
राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।...

नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

खेलकुद, विचार, समाचार
कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहनुभएकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गर्नुभयो । उहाँले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिनुभएको थियो । यस्तै उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिनुभयो । व्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो । उपाधि विजेता टोली र खे...

शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई कारागार चलान

विचार, समाचार
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए । मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशक...