अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला सम्पन्न
दृष्टिविहीन क्रिकेट संघ नेपालले वि.स.२०६३ साल देखि नै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काम गर्दै आएको छ । यस संस्थाले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा खेलकुद मार्फत अपाङ्गता प्रति समाजमा भएको नकारात्मक सोचको अन्त्य गर्न र देशको नाम उच्च राख्न सक्छन् भन्ने कुरालाई नेत्रहीन क्रिकेट खेल मार्फत प्रस्तुत गरी सकेको छ । नेत्रहीन क्रिकेट संघ नेपाल मार्फत अहिले सम्म ४ वटा अन्तर्राष्ट्रिय र ९ वटा राष्ट्रिय नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न गरी सकेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि यस संस्थाले काम गर्ने क्रममा राज्य स्तरबाट अपाङ्गता भएका खेलाडीहरूका लागि के कस्ता ऐन कानुन तथा नीति नियमहरू बनेका छन् र तीनको कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने सवालमा विभिन्न समयमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी पनि गरी ...






