Tuesday, April 21

टोखा नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

टोखा नगरपालिकाको १६ औँ अधिवेशन आज सम्पन्न भएको छ । नगरसभाको हिउँदे अधिवेशन स्वरूप नगर उपप्रमुख मुरारी तामाङले आ.ब. २०८१/८२ को आय–व्ययको संशोधन प्रस्ताव प्रस्तुत गरि अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले आर्थिक ऐनको संशोधन प्रस्ताव तथा नगरसभामा पेस भएको  ६ महिने आय–व्यय एबम  १६ बुँदे बिभिन्न  कार्यक्रमलाई समेत  सर्वसम्मतीले पास गरेको छ।

उपप्रमुख  तामाङद्वारा  यस अघिको नगरसभाको पन्ध्रौं अधिवेशनवाट १५१आयोजना  स्वीकृत भएकोमा ६५ आयोजनाहरु सम्पन्न भईसकेको र  अन्य आयोजना कार्यान्वयनको चरणमा रहेको  विवरण प्रस्तुत गरिएको  थियो । चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हाल सम्म (पुस २६) मसान्त सम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको जानकारी दिइएको थियो ।

आयको सन्दर्भमा चालु आ.ब. २०८१/८२ को  पुस २६ गते सम्मको रेकर्डमा  आन्तरिक श्रोतको कर तथा गैह्रकर सेवा शुल्क तर्फ  रु.  १७  करोड ३६  लाख  ६४ हजार  गत बर्षको बास्तविक अल्या रकम ५२ करोड ५८ लाख १५ हजार  तथा संघीय सरकार, प्रदेश सरकारवाट प्राप्त अनुदान, अन्य विभिन्न श्रोतबाट रु. ४० करोड ३२ लाख १५ हजार गरी जम्मा रु १ अर्ब १0 करोड २६ लाख ९४  हजार प्राप्त भई चालु आ.ब.२०८१/८२ को लागि कूल अनुमानित आयको ६४.४६ प्रतिशत भएको व्यहोरा जानकारी गराइएको थियो ।

यसै गरि पन्ध्रौं अधिवेशनबाट आर्थिक बर्ष २०८१/८२ का लागि पारित भएका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि विभिन्न नगर गौरबका आयोजनाहरु स्वीकृत गरी आवश्यक बजेट विनियोजन गरिएको थियो । जुन हाल कार्यान्वयनको चरणमा रहेको र चालु आर्थिक बर्षमा स्वीकृत भई कार्यान्वयनमा रहेका मुख्य मुख्य आयोजनाहरुमा वडा नं. ८ र ११ को वहुउदेश्यीय सामुदायिक भवन, डिजिटल घर नम्बर विचरण प्रणाली, विष्णुमति करिडोर सडक कालोपत्रे, नेपाल विद्युत प्राधिकरणको लागत साझेदारीमा नगरपालिका भित्रका मुख्य मुख्य सडकहरुमा स्मार्ट सडकवत्री जडान, चण्डेश्वरी माद्यामिक विद्यालयको भौतिक निर्माण आदि रहेको विवरण प्रस्तुत भएको थियो ।

नगर सभा अधिबेशनमा नगर प्रमुख प्रकाश अधिकारीले छलफलमा उठेका प्रश्नहरु तथा  केहि कार्यपालिका सदस्यहरु तथा  वडा सदस्यहरुबाट उठेको प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

नगरपालिकाको सभाहलमा सम्पन्न भएको नगरसभाको अधिवेशन मा नगर प्रमुख प्रकाश अधिकारी , उप प्रमुख मुरारी तामांग , प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर  बि सी लगाएत  नगर सभा सदस्यहरु ,कार्यपालिका सदस्यहरु , वडाका अध्यक्ष एबम सदस्यहरु तथा नगरपालिकाका विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *