
टोखा नगरपालिकाले नगर क्षेत्र भित्र एच.पि.भि.खोप अभियान सन्चालन सम्बन्धमा स्थानिय तहका खोप समन्वय समिति तथा संचारकर्मिहरुका लागि अभिमुखिकरण तथा गोष्ठी सम्पन्न गरेको छ ।

नगर प्रमुख श्री प्रकाश अधिकारीज्यूको अध्यक्षतामा समन्वय समिति तथा संचारकर्मिहरुलाइ एच.पि. भि.खोप सेवा सन्चालनको कार्यनीति तथा पाठेघरको मुखको क्यान्सर रोग निवारण सम्बन्धमा जानकारी गराउदै अभिमुखिकरण तथा बहस-पैरवी गोष्ठी सम्पन्न भएको थियो ।

आज नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रबक्ता, विभागीय शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर रोग, रोग रोकथामको रणनीति र एच.पि.भि.खोप सेवा सन्चालनका बिषयहरुमा जानकारी गराइएको थियो । साथै टोखा नगरपालिका अन्तर्गत रहेका करीब ९ हजार भन्दा धेरै किशोरीहरुलाइ सेवा पुराउने गरि खोप सेवा संचालन गर्न लागेको र सोको कार्यगत योजनाको बारेमा जानकारी गराइएको थियो ।

एच.पि. भि.खोप अभियान अन्तर्गत आउँदो माघ २२ गते देखि फाल्गुण ६ गते सम्म नगरका सबै विध्यालयहरुमा खोप कार्यक्रम सन्चालन हुदै छ ।टोखा नगरपालिका लगाएत देशै भरि नै संचालन हुने विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट संचालन हुने यो अभियानमा १०-१४ वर्ष उमेर समुहका किशोरीहरु तथा ६- १० कक्षामा अध्ययनरत छात्राहरुलाइ खोप सेवा प्रदान गरिदै छ ।
विद्यालयमा पुगी खोप लगाउन छुटेका किशोरीहरुले अभियानको अन्तिम दिन नजिकैको स्वास्थ्य संस्थाबाट पनि यो खोप लिन सक्ने व्यवस्था रहेको छ ।
महिलाहरूमा हुने विभिन्न क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण भएको र नेपालमा हरेक दिन चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्याङ्क रहेको कारण यो रोग नियन्त्रण तथा न्यूनीकरणका लागि नेपाल सरकार मार्फत यो अभियान संचालन भएको हो ।
किशोरावस्थामै पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीबी खोप लगाएर महिलालाइ यो रोगबाट बचाउन सकिन्छ । खोप अभियान सम्बन्धमा थप जानकारी लिन आवश्यक परेमा नजिकैको विद्यालय, स्वास्थ्य संस्था वा पैसा नलाग्ने नम्बर १११५ मा समेत सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ ।
