Wednesday, April 22

Author: टोखा खबर

आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

गतिविधि, बिशेष
सरकारले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन आग्रह गरेको छ। नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले यस्तो अनुरोध गरेको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हाल विद्यार्थी भर्ना, एसईईको उत्तरपुस्तिका परीक्षण, र कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण शैक्षिक गतिविधि चलिरहेको अवस्थामा विरोध र प्रदर्शन स्थगन गर्न आग्रह गरेको छ। अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राख्दै सम्पूर्ण शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे संसद् बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। साथै, सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा...
रविको मुद्दाको सम्पूर्ण कागताज स्क्यानिङ गरी अपलोड गर्न जिल्ला अदालत रुपन्देहीलाइ  सर्वोच्च अदालतको  आदेश

रविको मुद्दाको सम्पूर्ण कागताज स्क्यानिङ गरी अपलोड गर्न जिल्ला अदालत रुपन्देहीलाइ सर्वोच्च अदालतको आदेश

समाचार
काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न आदेश गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले उक्त मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागताज स्क्यानिङ गरी अपलोड गर्न जिल्ला अदालत रुपन्देहीका नाममा आदेश गरेको हो। आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजात स्क्यानिङ गरी सो को विद्युतीय फाइलसमेत निर्माण गरी यो आदेश प्राप्त भएको मितिले १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य रुपमा अपलोड गर्नु भनी मुद्दा विचाराधीन रहेको रुपन्देही जिल्ला अदालतमा पत्राचार गर्नू।’ उच्च अदालतको बुटवल इजलासले आफूलाई थुनामा पठाउने आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै सभापति लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश दिएको हो। अदालतले उच्च अदा...
भक्तपुरको  मध्यपुर थिमिमा बिस्का जात्राअन्तर्गत सिन्दुर जात्रा मनाइँदै ।

भक्तपुरको  मध्यपुर थिमिमा बिस्का जात्राअन्तर्गत सिन्दुर जात्रा मनाइँदै ।

समाचार
भक्तपुरको  मध्यपुर थिमिमा आज विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ। बिस्का जात्राअन्तर्गत हुने सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेको छ । तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खट मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाउन लागिएको हो। मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछन्। काया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवता राखिएका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले सिन्दुर जात्रा भनिएको हो। त्यसैगरी आज दिउँसो मध्यपुर थिमीको...
ताप्लेजुङमा सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ने

ताप्लेजुङमा सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ने

गतिविधि, समाचार
ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् । यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह गर्ने जानकारी गराएको छ । २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्नेजारी सूचनामा उल्लेख गरिएको छ । उँभौली ...
सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली –१ मा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली –१ मा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु

समाचार
सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते हुनुभएको थियो । घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।...
बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा ११ जना घाइते , दुईको अवस्था गम्भीर

बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा ११ जना घाइते , दुईको अवस्था गम्भीर

गतिविधि, समाचार
बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । तमानखोलाको बोङ्गादोभान बजारदेखि कटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप सोमबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर घाइते भएको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो । गम्भीर घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले जानकारी दिनुभयो । अन्य घाइतेहरूको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ । मध्यम र सामान्य घाइतेहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
मातातीर्थ सवस्टेसनमा आगलागी पछि उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति

मातातीर्थ सवस्टेसनमा आगलागी पछि उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति

समाचार
काठमाडौं । मातातीर्थ सवस्टेसनमा भूमिगत लाइन परीक्षणका क्रममा आगलागी भएपछि काठमाडौं उपत्यकामा वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति गरिएको छ। आइतबार दिउँसो नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनको ११ केभी फिडर लाइनको ब्रेकर प्यानलमा आगलागी हुँदा केही क्षेत्रमा विद्युत् अवरुद्ध भएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आगलागीले प्रभावित अधिकांश क्षेत्रमा सोही दिनदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ। स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी विद्युत् सेवा सुचारु गरिएको र बूढानीलकण्ठ तथा चपली सवस्टेसनबाट स्वीचगियर ल्याएर ब्रेकर प्यानल प्रतिस्थापन प्रक्रिया अघि बढाइएको शाक्यले बताए। उनले चन्द्रागिरि आसपासका सीमित क्षेत्रमा मात्र काम बाँकी रहेको र चाँडै आपूर्ति सहज हुने जानकारी दिए। आगलागी ब्रेकर प्यानलको स्वीच सञ्चालनका क्रममा स्पार्कका कारण...
राष्ट्रपति  पौडेलद्वारा नगरकोट भ्रमण वर्ष २०८२ को उद्घाटन

राष्ट्रपति पौडेलद्वारा नगरकोट भ्रमण वर्ष २०८२ को उद्घाटन

समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १ गते नगरकोटको बतासे डाँडामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि र रोजगारीको आधार बनाउन पूर्वाधार विकास, कौशल वृद्धि र लगानीमैत्री वातावरण निर्माणमा जोड दिनु भयो। उहाँले नेपालको आर्थिक विकास, समावेशी समाज र संघीय लोकतन्त्रको सुदृढीकरणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो। नगरकोटको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई प्रचार गरी ११ लाख पर्यटक (१ लाख आन्तरिक, १० लाख बाह्य) भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण, काठमाडौँको शंखरापुर, काभ्रेको मण्डन देउपुर र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम सुरु भएको हो। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रमण वर्षले समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सांसद गोकुल...
व्यक्तिगत घटना दर्ता गरौ, व्यक्तिगत घटना दर्ता सप्ताह सफल पारौ :  नगर प्रमुख प्रकाश अधिकारी ,टोखा नगरपालिका

व्यक्तिगत घटना दर्ता गरौ, व्यक्तिगत घटना दर्ता सप्ताह सफल पारौ : नगर प्रमुख प्रकाश अधिकारी ,टोखा नगरपालिका

श्रव्यदृश्य
व्यक्तिगत घटना दर्ता गरौ, व्यक्तिगत घटना दर्ता सप्ताह सफल पारौ :  प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सी ,टोखा नगरपालिका

व्यक्तिगत घटना दर्ता गरौ, व्यक्तिगत घटना दर्ता सप्ताह सफल पारौ : प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सी ,टोखा नगरपालिका

श्रव्यदृश्य