Wednesday, April 22

Author: टोखा खबर

उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

#, समाचार
काठमाडौं । अहिले काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, अपराह्न र राति पनि हल्का पानी पर्ने सम्भावना छ । यो वर्षाले काठमाडौं उपत्यकालगायत देशका धेरैजसो क्षेत्रमा लागेको तुवाँलो बिस्तारै हट्ने उनको भनाइ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ । महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ र केही ठाउँमा हल्का हिमपात हुन सक्छ । पहाडी भेगमा पनि आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तराईम...
नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल: प्रदीप पौडेल

नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल: प्रदीप पौडेल

समाचार
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्दै पछिल्ला तीन दशकमा नेपालले मातृ मृत्युदर, बालविवाह र किशोरावस्था जन्मदर घटाउन सफलता हासिल गरेको बताउनुभयो। स्वास्थ्य प्रणाली बलियो बनाएर सबै नागरिकलाई सुविधा दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले बजेट अभाव, ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारको कमी र जलवायु परिवर्तनका चुनौतीले स्वास्थ्य पहुँचमा कठिनाइ भएको बताउनुभयो। अन्तरराष्ट्रिय सहायता, विकास सहयोग वृद्धि र निजी क्षेत्रको लगानी आवश्यक रहेकोमा जोड दिँदै मन्त्री पौडेलले यी समस्या समाधानका लागि सहकार्यको अपरिहार्यता औँल्याउनुभयो।...
सुशासन र जनताको सेवामा समर्पित भई लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन प्रधानमन्त्रीको आग्रह

सुशासन र जनताको सेवामा समर्पित भई लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन प्रधानमन्त्रीको आग्रह

समाचार
जनकपुरमा मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र जनताको सेवामा समर्पित भई लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गर्नुभयो। उहाँले गरिबीबाट मुक्ति पहिलो अधिकार भएको र विकास तथा समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। मधेसको सामाजिक-सांस्कृतिक ऐक्यबद्धता र नागरिकको योगदानको प्रशंसा गर्दै उहाँले प्रदेशको स्वायत्तताको सही उपयोग र सङ्घ-प्रदेश समन्वयमा जोड दिनुभयो। मधेसलाई कृषि, सिँचाइ र औद्योगिक सम्भावनाको उर्बर भूमि भन्दै सुनकोसी डाइभर्सनजस्ता आयोजनाले उत्पादन वृद्धि गर्ने उहाँको भनाइ थियो। जनकपुरधामलाई सांस्कृतिक पर्यटन र वीरगञ्जलाई आर्थिक केन्द्र बनाउन सकिने बताउँदै रेलमार्गको सफलताको उदाहरण प्रस्तुत गर्नुभयो। सरकार र प्रतिपक्ष मिलेर मधेसलाई नमुना प्रदेश बनाउनुपर्ने र सङ्घीय सरकारको साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो। नगद वितरणभन्दा ...
विभिन्न कार्यक्रम जनआन्दोलन दिवस मनाइँदै

विभिन्न कार्यक्रम जनआन्दोलन दिवस मनाइँदै

समाचार
काठमाडौँ। नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन रा...
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव,पहाडी भूभागमा आंशिक बदली

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव,पहाडी भूभागमा आंशिक बदली

समाचार
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, यी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम भएकाले सुख्खापन, आगलागी र वायु प्रदूषणको स्तर बढ्न सक्ने अनुमान गरिएको छ। यसले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले महाशाखाले यसबाट बच्न आवश्यक उपायहरू र सतर्कता अपनाउन अनुरोध गरेको छ।...
रास्वपा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार चलान

रास्वपा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार चलान

बिशेष
रुपन्देही । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज उच्च अदालतको आदेश बमोजिम रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको छ । अदालतमा उपस्थित गराएर सबै कानुनी प्रक्रिया पूरा भएपछि उहाँलाई जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशसँगै शुक्रवार राति नै लामिछानेले काठमाडौँ स्थित घरबाटै गिरफ्तारी दिनुभएको थियो । शनिबार उहाँलाई रुपन्देही जिल्लाको भैरहवा लगिएको थियो । तीन दिन न्यायिक हिरासतमा राखेर आज अदालती प्रक्रिया पूरा गर्न अदालत पेश गरेपछि कारागार चलान गरिएको छ । यो सँगै रबि लामिछानेको तर्फबाट आजै सर्वोच्च अदालतमा जाने तयारी रहेको रास्वपा स्रोत बताउँछ ।...
१६औं विश्व योगासन खेलकुद प्रतियोगितामा नेपाली विद्यार्थीको शानदार प्रदर्शन

१६औं विश्व योगासन खेलकुद प्रतियोगितामा नेपाली विद्यार्थीको शानदार प्रदर्शन

खेलकुद
काठमाडौं। मलेसियाको साइबरजया स्थित लिम्कोकविङ विश्वविद्यालयमा हालै सम्पन्न १६औं विश्व योगासन खेलकुद प्रतियोगितामा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। अन्तर्राष्ट्रिय योग खेलकुद महासंघ (IYSF) को आयोजनामा अप्रिल ५ र ६ मा भएको यो प्रतियोगितामा नेपालसहित ४० देशका खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा नेपालका तर्फबाट ३० जना विद्यार्थी सहभागी थिए। विभिन्न उमेर समूहमा धेरै नेपालीले पुरस्कार जित्न सफल भएका छन् । ९-११ वर्ष उमेर समूहका बालकतर्फ एसिया प्यासिफिक स्कूल धापासीका प्रयास जंग चौहानले प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरि रोजमेरी आइडल बोर्डिङ स्कूलका अमिस पटेलले दोस्रो र नेपालकै किरण मगरले तेस्रो स्थान प्राप्त गरेका छन् । त्यस्तै, १२-१४ वर्ष उमेर समूहको बालिकातर्फ रोजमेरी आइडल बोर्डिङ स्कूलकी प्रत्यूषा खतिवडाले प्रथम स्थान जितेकी छिन । १२-१४ वर्ष उमेर स...
म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार भन्दा बढी

म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार भन्दा बढी

समाचार
म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ । छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।”...
तराई–मधेस केन्द्रित सात दलद्वारा  सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा

तराई–मधेस केन्द्रित सात दलद्वारा सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा

समाचार
तराई–मधेस केन्द्रित सात राजनीतिक दलले सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। मोर्चाको उद्देश्य संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, र सुशासन प्रवर्द्धन गर्नु रहेको छ। मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, र तजनता प्रगतिशील पार्टी समावेश छन्। मोर्चाले २६ बुँदे उद्देश्य र प्रतिबद्धता प्रस्तुत गरेको छ, जसमा प्रदेशको सीमाङ्कन, स्रोत साधनको न्यायोचित बाँडफाँट, र सङ्घीय लोकतान्त्रिक प्रणालीलाई समृद्ध बनाउने लक्ष्य समावेश छ। साथै, प्रहरी समायोजन ऐन र सङ्घीय निजामती ऐन निर्माणको कार्यलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।...
ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

#, गतिविधि
नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो। नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका एकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेता रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी एवं विधिशा मिश्रले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि निर्वाचन हुन नसकेकाले कानुनी उपचारको बाटो आफूहरूले रोजेको रिट निवेदकको भनाइ छ। त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी...