Thursday, April 23

Author: टोखा खबर

जग्गा दान लिई पार्टी कार्यालय निर्माण नगर्न  एमाले लाइ सर्वोच्च अदालतलको अन्तरिम आदेश

जग्गा दान लिई पार्टी कार्यालय निर्माण नगर्न एमाले लाइ सर्वोच्च अदालतलको अन्तरिम आदेश

अर्थ, गतिविधि
काठमाडौँ – सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिइ हक हस्तान्तरणलगायत काम कारबाही नगर्नु नगराउनु ।” आदेशमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ ९३० र ३८ ९६० को व्यवस्था अनुकूल नदेखिनुका साथै सोही ऐनको दफा ३८९५० मा भएको आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिन...
पौराणिक र सांस्कृतिक पर्व: तिहार

पौराणिक र सांस्कृतिक पर्व: तिहार

गतिविधि, संस्कृति
नेपालमा वैदिक सनातन वर्णाश्रम धर्मका अनुयायीले वर्षभरि धेरै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउने गर्छन् । वेदमा विभिन्न ऋतुमा अनुष्ठान गरिने वैदिक यज्ञहरूको विधान पाइन्छ । तिनको विस्तृत वर्णन ब्राह्मणग्रन्थमा र श्रौतसूत्रहरूमा गरिएको छ । पुराणहरूमा चाहिँ विभिन्न ऋतुमा मनाइने चाडपर्वको वर्णन छ । वैदिक यज्ञको अनुष्ठान गर्न जस्तो धेरै अध्ययन, ठुलो ज्ञान, निष्ठा र सामग्री चाडपर्व मनाउन आवश्यक पर्दैनन् । त्यसैले चाडपर्व सर्वसाधारण व्यक्तिका पनि रुचिका विषय हुन् । नेपालमा मनाइने चाडपर्वमध्ये केही वेदमूलक चाडपर्व पनि छन् भने धेरै जसो पौराणिक चाडपर्व देखिन्छन् । यहाँ प्रचलित चाडपर्वमध्ये जनैपूर्णिमा वैदिक ज्ञान र सदाचरणसित सम्बद्ध छ । त्यसै गरी नवरात्र र विजयादशमी शक्तिको आराधनासित सम्बद्ध छ । तिहार वा दीपावली धनधान्यको समृद्धिसित विशेष रूपले सम्बद्ध छ भने होली चाहिँ मनोरञ्जनसित सम्बद्ध छ । यस...
कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको लागि शुभ साइत

कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको लागि शुभ साइत

गतिविधि
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्त...
राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालको सूचना प्रविधि सेवा निर्यातले दुई महिनामै ३ अर्ब आम्दानी

राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालको सूचना प्रविधि सेवा निर्यातले दुई महिनामै ३ अर्ब आम्दानी

प्रबिधी
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार, सूचना प्रविधिसम्बन्धी सेवा र उत्पादन निर्यातबाट नेपालले दुई महिनामा ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । साउन महिनामा मात्र यस निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँको आम्दानी भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलित आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो, जसमा गत वर्षको पहिलो दुई महिनामा सूचना प्रविधि निर्यातबाट २ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो । विभिन्न अध्ययनहरूले नेपालको सूचना प्रविधि क्षेत्रले विशेष गरी सफ्टवेयर विकासमा सकारात्मक आर्थिक योगदान पुर्याएको र नेपाली जनशक्तिले विदेशमा पहिचान बनाएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) का अनुसार, नेपालको सूचना प्रविधि क्षेत्रले वार्षिक झन्डै ६७ अर्ब रुपैयाँ (५१५ मिलियन अमेरिकी डलर) आम्दानी गरिरहेको छ । करिब ६६ हजार आई...
बागमती प्रदेशमा भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हट्यो

बागमती प्रदेशमा भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हट्यो

प्रबिधी
काठमाडौं । बागमती प्रदेशमा अब भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । नागरिक एपमा लिङ्क गरिएको लाइसेन्सबाटै चिट दिन सकिने व्यवस्था लागू भएपछि लाइसेन्स बोकेर हिँड्नुपर्ने बाध्यता हटेको हो । यो सेवा लागू भएसँगै ट्राफिक चेकिङको समयमा सवारी चालकले आफ्नो नागरिक एपमा लिङ्क भएको क्यूआर कोड सहितको लाइसेन्स देखाउन सक्छन् । चेकिङको क्रममा कुनै ट्राफिक नियम उल्लङ्घन भई जरिवाना तिर्नुपर्ने अवस्था भए चालकले अनलाइनमार्फत चिट प्राप्त गर्न सक्छन् । यसरी प्राप्त भएको चिटमा तोकिएको जरिवाना डिजिटल पेमेन्ट सिस्टम मार्फत तिर्न सकिन्छ । चालकले जरिवाना तिरेको वा नतिरेको भन्ने विवरण प्रहरीको 'Traffic Violation Record System' मा रहने हुँदा जरिवाना भरपाई नभएसम्म दोस्रो पटक कुनै कसुरमा ई-चलान (चिट) प्राप्त गर्न सकिंदैन । जरिवाना भरपाई भएको विवरण पनि नागरिक एपमै प्राप्त ग...
उपयोगी टुल : गुगल म्याप, येसरी प्रयोग गरौ

उपयोगी टुल : गुगल म्याप, येसरी प्रयोग गरौ

प्रबिधी
गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन, यो एउटा पावरफुल टूल हो जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो बनाउँछ । चाहे तपाईं नयाँ शहरमा हुनुहोस् वा आफ्नै शहरमा घुमिरहनु भएको छ, गुगल म्याप्समा धेरै यस्ता फिचरहरू छन् जुन तपाईंलाई मद्दत गर्न सक्छन् । गुगल म्याप्स गुगलको इन–हाउस एप हो जुन फोनमा पहिल्यै इन्स्टल गरिएको हुन्छ । आज हामी तपाईंलाई गुगलका केही उत्कृष्ट फिचरहरूबारे बताउँछौं, जसबारे तपाईंलाई पक्का थाहा हुनुपर्छ । यी फिचरहरूले तपाईंलाई मद्दत पुयाउँछन् । गुगल म्यापको सबैभन्दा लोकप्रिय फिचर भनेको तपाईं एपमा आफ्नो स्टार्टिङ पोइन्ट र डेस्टिनेसन पोइन्ट मात्र राख्नुहोस्, र गुगल म्याप्सले तपाईंलाई त्यहाँ पुग्ने सबैभन्दा छिटो र सजिलो बाटो देखाउनेछ । पब्लिक ट्रान्सपोर्ट यदि तपाईं बस, वा क्याबबाट यात्रा गर्न चाहनुहुन्छ भने, गुगल म्याप्सले तपाईंलाई पब्लिक ट्रान्सपोर्टका विकल्प...
ठेचोमा मण्डला प्रतियोगिता हुने

ठेचोमा मण्डला प्रतियोगिता हुने

साहित्य
काठमाडौँ, कात्तिक १२ गते । युवापुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले कात्तिक १७ गते गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत् अर्थात न्हुँ दँ ११४५ को दिन गोदावरीको ठेचोमा झीःझी पुचद्वारा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताले युवापुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रङले सकारात्मक ऊर्जा र जीवनमा पार्ने प्रभावबारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था पुचका अध्यक्ष अनिल महर्जनले जानकारी दिनुभयो । नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पु¥याउने विश्वास लिएको कार्यक्रमका संयोजक धर्मेन्द्र महर्जनले बताउनुभयो । व्यक्तिगत तथा संस्थागत रूपमा जसले पनि भाग लिन सक्ने प्रतियोगितामा उमेरको कुनै सीमा तोकिएको छैन ।...
विवाहित महिलाको सौन्दर्य प्रतियोगिता बाट डेनिला मिसेस नेपाल वर्ल्ड

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता बाट डेनिला मिसेस नेपाल वर्ल्ड

साहित्य
काठमाडौँ, कात्तिक १२ गते । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड, २०२४ को उपाधि डेनिला कार्कीले हात पार्नुभएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुम्न सफल हुनुभएको हो । कार्यक्रमका मुख्य निर्णायक एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले उपाधिसँगै स्कुटर पनि पाउनुभएको छ । यससँगै उहाँ आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनुहुने छ । प्रतियोगितामा एलिना घिमिरे दोस्रो, किरण कार्की दोस्रो र अनु कार्की तेस्रो हुन सफल हुनुभयो । यसै गरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गर्नुभयो । दुई विजेताले सिङ्गापुरमा हुने मिसेस...
महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्ती

महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्ती

साहित्य
तनहुँ, कात्तिक १० गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएका योगदानको बारेमा तनहुँमा चर्चा गरिएको छ । महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्तीका अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा गरेको रचना वाचन कार्यक्रममा सहभागीहरूले देवकोटाको योगदानको चर्चा तथा समीक्षा गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले महाकवि देवकोटाको जस्तो निस्वार्थ, त्यागको भावनाको अनुसरण गर्ने हो भने देशको विकास हुने बताउनुभयो । कसैको पनि दुःख देख्न नसक्ने महाकविको स्वभाव नेता हुनु आवश्यक रहेको बताउनुभयो । संविधान सभा सदस्य पोखरेलले भन्नुभयो, "देवकोटाका कवितामा मात्रै समाज सुधारक नभएर व्यक्तिगत जीवन पनि सादा र परोपकारी भावनाको थियो, नेताहरू देवकोटा जस्तै निःस्वार्थी हुने भयो विकास छिटो हुन्छ ।" कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् व्यासक...
दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

गतिविधि, बिशेष, मनोरन्जन, समाचार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते राति ११ बजे बस्तीपुरस्थित जनज्योति क्याम्पसनजिक पूर्वपश्चिम  राजमार्गमा हरिवन नगरपालिका –११, बस्ने अब्दुल साह फकिरका छोरी २१ वर्षीया अप्सरी खातुन गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । सुरुमा परिचय नै नखुलेको महिलाको सवारीको ठक्करबाट मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजमार्गका विभिन्न स्थानमा रहेका सीसीटिभीको फुटेज सङ्कलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नम्बरको ६ चक्के मिनीट्रक संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर...