Thursday, April 23

Author: टोखा खबर

पार्टी कार्यालयबाट पक्राउ रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो

पार्टी कार्यालयबाट पक्राउ रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो

बिशेष, मनोरन्जन, विचार, श्रव्यदृश्य
 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ पर्नुभएका पार्टी सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगेको हो। उहाँसँगै केही नेतासमेत अर्को गाडीमा पोखरा गएका छन्। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो। सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछाने आफू छानबिनमा सघाउन जहिले पनि तयार रहेको बताउनुभएको छ। लामिछानेले आफूले यसअघि पनि यसखाले चुनौतीको सामना गर्नुपरेको भन्नुहुँदै सो कुरा बताउनुभएको हो। लामिछानेले भन्नुभयो, “यो सरकारलाई भन्न चाहन्छु, अनुसन्धनमा सघाउन म तयार छु, साथीहरु सबै तयार छन्, हामी तयार छौं। तर, वर्ष...
सार्वजनिक स्थान सरसफाईमा जुट्दै  शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

सार्वजनिक स्थान सरसफाईमा जुट्दै शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

टोखा खबर, समाचार
 टोखा न पा १ को सार्वजनिक स्थान सरसफाई  अभियानमा श्री शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था  लिमिटेड सक्रिय रुपमा जुटेको छ । सहकारी  संस्थाको आव्हानमा आइतबार बिहान  साङ्गला दोबाटो देखि सीमाचौर सम्मको मेन सडक क्षेत्रमा  सरसफाई गरिएको छ । सरसफाईका लागि संस्थाका शेयर सदस्य , जनप्रतिनिधि ,भद्र भलाद्मी ,समाजसेवी , राजनीतिकर्मी ,बिभिन्न संघ संस्था का व्यक्तिहरु तथा युवाहरु लाइ सहभागी गराई सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बिशेषगरि प्राकृतिक स्वरूपमा धनि रहेको झोर क्षेत्र र यहाका  मन्दिरहरुमा आउने भक्तजन लगाएत आन्तरिक तथा बाह्य पर्यटकहरु लाइ यहाँको वास्तविक बाताबरणीय अवस्था देखाउन साथै  स्वच्छ सफा सार्वजनिक स्थान बनाउन को लागि संस्था जुटेको संस्थाका अध्यक्ष श्री उद्धव अधिकारीले  बताउनु भयो। सरसफाई अभियान आज बाट  सुरु भएपनि  पछिल्ला दिनहरुमा पनि क्रमसः  निरन्तर रहने योजना...
झोर महांकाल मा. बि. को अभिभावक दिबस तथा  सम्मान कार्यक्रम सम्पन्न

झोर महांकाल मा. बि. को अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न

टोखा खबर
टोखा १ मा रहेको झोर महांकाल मा. बि. ले अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिधालयले  आज टोखा १ स्थित झरना पार्टी प्यालेसमा एक कार्यक्रम गर्दै अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न  गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा  विद्यालयलाइ योगदान पुर्याउनु हुने भुतपूर्व  प्रधानाध्यापक ,  भुतपूर्व प्राध्यापक , भुतपूर्व ब्यबस्थापन समिति अध्यक्ष तथा  सहयोगी दाताहरु लगाएत २०८० को एस. इ. इ. परीक्षामा उतिर्ण बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो  । सांस्कृतिक कार्यक्रम सहित सम्पन्न  कार्यक्रममा नगरपालिका तथा वडाका जनप्रतिनिधिहरु ,कर्मचारीहरु ,स्थानीय अभिभावकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।...
बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

समाचार, स्वास्थ्य
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।  आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिने बताउनुभयो ।  त्यसैगरी, मानसिक एवम् नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्य मन्त...
सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

मनोरन्जन, समाचार
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियम...
श्रावणमै ब्रत र ध्यान किन ?,कसरी सुरु भयो चलन ?

श्रावणमै ब्रत र ध्यान किन ?,कसरी सुरु भयो चलन ?

#, ताजा अपडेट
काठमाडौं । हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् : ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर मध्ये पनि दुई प्रहर एकदर्म शसभ हुने गर्दछ । ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ । १६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ । त्यसैले आफैंभित्...
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

#, अर्थ, गतिविधि
बारा- बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन नाकाबाट श्रोत नखुलेको रकम ओसार पसार गर्ने दुई जना १० लाख २० हजार रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोटरसाईकल चालक जिल्ला बारा, फेटा गाँउपालिका वडा नं. ६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र मोटरसाइकलका अर्का सवार वर्ष २२ को बागर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट खटिएको प्रहरी टोलिले ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा आउँदै गरेको अबस्थामा उनीहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रु. १० लाख २० हजार सहितपक्राउ गरिएको हो । उनीहरुलाई हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाए...
महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै

महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै

खेलकुद, ताजा अपडेट, बिशेष
काठमाडौं- श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ । एक-एक खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले दुइ खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ । एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा भारतलाई हराउनुपर्ने बाध्यता छ । समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेकोले आफ्नो खेलको अतिरिक्त आजै हुने पाकिस्तान र युएईबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजको सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जि...
अभिलेख संरक्षणसम्बन्धी विधेयक ग्रहण

अभिलेख संरक्षणसम्बन्धी विधेयक ग्रहण

बिशेष, श्रव्यदृश्य
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन ग्रहण गरेको छ । राष्ट्रिय सभामा सो विधेयक २०७७ असार १० गते दर्ता भएको थियो । राष्ट्रिय सभाको सोमबारको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले सहमति प्रदान गरेको हो । सोअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाबाट भएको संशोधन छलफलका लागि प्रस्तुत गर्नुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले महत्त्वपूर्ण र बहुमूल्य अभिलेख सङ्कलन र संरक्षण गर्ने तथा संरक्षणबाट लाभ लिने लाभग्राहीलाई सहज ढङ्गले प्राप्ति तथा अधिकतम उपयोग गर्ने कु...
जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

#, टोखा खबर
तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको जेष्ठ नागरिक आवाज लोकार्पण तथा योग र जेष्ठ नागरिक बिचार गोष्ठी मिलन बस्ती योग साधना केन्द्र बज्रयोगिनी योग साधना केन्द्र र पतन्जली योग समिति तारकेश्वरको सह आयोजनामा भव्य रुपमा सम्पन्न भयो । सस्थाका अध्यक्ष डा. बीरेन्द्र थपलियाको अध्यक्षता र आदरणीय  शिक्षाविद तथा  योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ,७ जना जेष्ठ नागरिक बुबा आमाहरु लाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन र जेष्ठ नागरिक आवाजको आठौ कृति लोकार्पण भयो । उक्त कार्यक्रम तारकेश्वर नगर पालिका — वडा नं.४ स्थीत कछुवा पार्टीप्यालेसमा सम्पन्न भएको हो । कार्यक्रका अध्यक्ष थपलियाले  कार्यक्रम उदेश्य माथी प्रष्ट पार्दै हामी  सबैजना जीवनको  उत्तरार्धमा जव प्रवेस गर्दछौ तब बुढौली लाग्दै  जान्छ  शरीर  कम्जोर  हुँदै जान्छ त्यति बेला अरुको सहाराको आवस्यकता पर्दछ यति बेला घरप...