Wednesday, April 22

Author: टोखा खबर

एमाले अध्यक्ष ओली पुगे बालुवाटार ,ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू

मनोरन्जन, विचार, समाचार
राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।...

नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

खेलकुद, विचार, समाचार
कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहनुभएकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गर्नुभयो । उहाँले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिनुभएको थियो । यस्तै उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिनुभयो । व्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो । उपाधि विजेता टोली र खे...

शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई कारागार चलान

विचार, समाचार
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए । मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशक...
कोहलपुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन

कोहलपुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन

समाचार, संस्कृति
बाँकेको कोहलपुरमा महिलाका लागि स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन निशुल्क शिविर सञ्चालन भएको छ ।  कोहलपुर नगरपालिका स्वास्थ्य शाखा र नगर अस्पतालको समन्वय तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको सहजीकरणमा शिविर आयोजना गरिएको हो । सो शिविरबाट कोहलपुरका २०७ जना महिलाको स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको कोहलपुर नगर अस्पतालका प्रमुख डा.रवि शर्मा वाग्लेले बताउनुभयो । उहाँले स्क्रिनिङ गरिएका मध्येमा पाँच जनामा भिआइए पोजेटिभ देखिएको बताउनुभयो । डा. वाग्लेका अनुसार शिविरमा क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलिले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो । खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईको नेतृत्वको चिकित्सक टोलिमा मेडिकल अंकोलोजिष्ट डा.साजन थापा, युरोअंकोसर्जन ड...
हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी

हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी

समाचार
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । रु आठ  करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले आज पहिलो किस्ताबापत रु २७ लाख १० हजार बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । उप कार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार रातको सवा ९ बजे विद्युत् लाइन जोडिएको उल्लेख गर्नुभयो ।  प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको ...
दश करोड ठगी गर्ने सइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामा पक्राउ

दश करोड ठगी गर्ने सइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामा पक्राउ

मनोरन्जन, समाचार
वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ललितपुरको केन्जोसोम गाउँपालिका वडा नं. १ का ४७ वर्षीय लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई विभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुरमा  आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी बेरोजगार युवाबाट पाँच लाखदेखि १५ लाख रुपियाँसम्म लिने गरेका थिए ।   उनले वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाट नेपाल फर्काएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएको प्रहरीले जनाएको छ । ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद गरिएको र थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको ...
जापानको भूकम्पमा १३ जनाको मृत्यु

जापानको भूकम्पमा १३ जनाको मृत्यु

*, मनोरन्जन, विचार
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।

उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी

विचार, समाचार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ ।  आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।” सरकारबाट पाउने अनुदान रकम नपाएको भन्दै उखु किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशनबमोजि...

डोजर पल्टिँदा चालकको मृत्यु

समाचार, संस्कृति
जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो । सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताउँदै  “जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,” उहाँले भन्नुभयो ।  मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।...

टुँडिखेलमा तीन दिने ल्होसार महोत्सवको तयारी

मनोरन्जन, समाचार
गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो ।  तमु थातथलोको मौलिक पहिचानको संरक्षण र सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन भन्ने मूलनाराका साथ  काठमाडौँको टुँडिखेलमा पुस १३ देखि १५ गतेसम्म भव्य रूपमा महोत्सव मनाउन लागिएको तमु ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर तमुले जानकारी गराउनुभयो । गुरुङ समुदायले हि ल्हो (बिरालो वर्ग) को बिदाइ गरी मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै तमु ल्होसार २०८० मनाउन लागेको हो ।  गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रूपमा मनाउने गर्दछ । विगतका वर्षझैँ यस पटक पनि काठमाडौँको टुँडिखेलमा हजारौँ तमुलगायत अन्य जातिको पनि उपस्थितिमा धूमधामका साथ ल्होसार मनाउने तयारी गरेको छ ।  महासचिव तमुले भन्नुभयो, “पु...